मुसिकोटका सबै सक्रंमितको स्वास्थ्य सामान्य, क्वारेन्टाईन मै राखेर उपचार गरिने

सागर भण्डारी
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा कोरोना पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सोमबार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको पीसीआर परिक्षणको नतिजा अनुसार १० जनामा कोरोना सक्रंमण पुष्टी भएको थियो । त्यस्तै केही समय अगाडी भारतबाट आई क्वारेन्टाईनमा बसेका १ जनालाई ज्वरोको लक्षण देखिएपछि उपचारका लागि रुपन्देहीको गहुँबाली अनुसन्धान केन्द्रमा निर्माण गरिएको कोरोना अस्पतालमा पठाईएकोमा उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ । यो सगैं मुसिकोट नगरपालिकामा मात्रै सक्रंमितको संख्या ११ पुगेको छ । रुपन्देहीमा पुष्टी भएका उनको अहिले सोही अस्पतालमै उपचार हुँदै गरेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

यता १० जना सक्रंमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । उनीहरु क्वारेन्टाईनमा बसेको २२ दिन पुरा भएको र कुनै लक्षण नेदेखिएको नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । सक्रंमित सबै एउटै क्वारेन्टाईनमा रहेका छन् । थप उपचारका लागि नगरपालिकाले वडा नं ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसमा निर्माण गरेको आईसोलेसनमा ल्याउने तैयारी गरेपनि उनीहरुकै आग्रहमा थप सतर्कता सहित सोही क्वारेन्टाईनमै राखेर उपचार गरिने भएको छ ।

सोमबार आईसोलेसनमा ल्याउन नगरपालिकाले तैयारी गरेको भएपनि आफुहरुमा कुनै स्वास्थ्य समस्या नरहेको र क्वारेन्टाईनमै बस्ने बताएपछि उनीहरुलाई सोही क्वारेन्टाईनमै छुट्टै राखेर उपचार गर्ने नगरपालिकाले तैयारी गरेको छ । क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेका र कुनै लक्षण नदेखिएकाहरुलाई डिस्चार्ज गर्ने नयाँ प्रावधान भएपनि ढुक्क हुनका लागि सक्रंमित १० जनाकै आज पुन ः स्वाव सकंलन गरी परिक्षणका लागि पठाईने र रिपोर्ट आएपछि सोही अनुसार गरिने नगरप्रमुख सापकोटाले बताउनुभयो ।

उनीहरु गत जेठ १२ गते भारतबाट आएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभएको छ । भारतबाट आएदेखि नै उनीहरुहरुलाई वडा नं ३ मा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखिएको थियोे । संक्रमण पुष्टि भएका सबै एकै दिन आएका थिए ।

गुल्मीमा एकैदिन सबैभन्दा धेरै पुष्टि भएको यो पहिलो पटक हो । सोमबार आएको रिपोर्टमा ५ वर्षीय बालिका सहित आठ पुरुष, एक बालिका र एक महिला कोरोना संक्रमित छन् । २८, २९, ३०, १८, २०, १७, २१ र २४ बर्षका पुरुषहरु, तथा २६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको जेठ २४ देखि २७ गतेसम्म आरडिटी गरिएको थियो । जसमा सबै पोजेटिभ देखिएका थिए । त्यसपछि पिसिआर परिक्षणका लागि जेठ २८ गते स्वाब संकलन गरिएको थियो । ६ दिनपछि आएको रिपोर्टमा सबैमा पोजेटिभ भेटिएको हो । उनीहरु कति जनाको सम्पर्कमा आए भन्नेबारेमा कन्ट्याक ट्रेसिङ गरेर पहिचान गरिने बताईएको छ ।

यो सँगै गुल्मीमा कोरोना संक्रमितको सङ्ख्या २७ पुगेको छ । जसमध्ये धुर्कोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र रेसुङ्गा नगरपालिकामा तीन÷तीन, मदाने गाउँपालिकामा दुई, सत्यवती गाउँपालिकामा चार, छत्रकोट र चन्द्रकोट गाउँपालिकामा एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये दुईजनाको मृत्यु भएको छ । भने दुईजनाले कोरोना जितेर काममा फर्किसकेको स्वास्थ्य कार्यालय, गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D