अप्डेट: गुल्मीमा संक्रमित संख्या २७ पुग्यो, मुसिकोटमा एकै दिन १० जना कोरोना संक्रमित
अनिल खत्री
गुल्मी, १ असार । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थपिएका संक्रमितमध्ये मुसिकोट नगरपालिकाका रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । थपिएका संक्रमितमध्ये मुसिकोट नगरपालिका वडा नम्बर–३ का १७ वर्षिय, १८ वर्षिय, १९ वर्षिय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवाहरुको लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टी भएको हो ।
थपिएका संगै जिल्लामा संक्रमितको संख्या २० जना पुगेको छ । जिल्लामा थपिएका संक्रमितहरु रुरुक्षेत्र गाउँपालिकामा ३ जना, सत्यवतिमा गाउँपालिकमा ४ जना, चन्द्रकोट गाउँपालिकामा १ जना, छत्रकोट गाउँपालिकामा १ जना रेसुङ्गा नगरपालिकामा ३ जना, धुर्कोट गाउँपालिकामा ३ जना, मदाने गाउँपालिकामा २ जना र मुसिकोट नगरपालिकामा ३ जना गरि २० जना पुगेका हुन् । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हलसम्म ३७२९ जनाको आरडिटी बिधीबाट परिक्षण गरिएको छ । पिसिआर बिधीबाट परिक्षणका लागि ७०६ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ४०५ जनाको रिर्पोट आएको छ भने ३०१ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्लाम हाल २ हजार ८ सय ९ जना क्वारेन्टाइनमा बसेका छन् । भारतबाट आएर २ सातासम्म स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बसेका हुन् । भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुका लागि ५ हजार ३सय ८ बेडको क्वारेन्टाइन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आशुलेसन बेड तयार गरिएको छ ।