आइसोलेशनमा ज्यान गुमाएका गुल्मीका पुरूषको पिसिआर रिपोर्ट नेगेटिभ

बुटवल, असार १ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका बाबुराम नेपालीलाई कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका नेपालीको पीसीआर रिर्पोट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । उनका अनुसार नेपालीको मृत्यु निमोनियाका कारण भएको हो ।

उनको आइतबार उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

४२ वर्षीय नेपाली ८ दिन अगाडि भारतको दिल्लीबाट गुल्मी आएर क्वारेन्टिनमा बसेका थिए । रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई बुटवल ल्याइएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D