अनिल खत्री
३२ जेठ, गुल्मी । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइशुलेसनमा रहेका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षिय कोरोना संक्रमित मधु नेपालीको मृत्यु भएको उपचारमा खटिएका डक्टर कविराज भुसालले बताए ।
भारतबाट आएर धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला जेठ १२ गते कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमणको पुष्टी भएपछि जेठ १३ गतेदेखि तम्घास रहेको आशुलेसनमा राखेर उपचार गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
गएराती मृत्यु भएका संक्रमितको शबलाई रातिनै संक्रमितकै जन्म स्थानमा नेपाली सेनाले अन्तीम दाहासंस्कार गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
२ वर्षदेखि आन्द्राको क्यान्सरबाट ग्रसित कोरोना संक्रमितको रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले ब्लड दिएकी थिइन् । तम्घासको आइसुलेसन उपचारत संक्रमितलाई थप उपचारको लागि बाट बुटवल रिफर गरिएपनि बिबिध समस्याका कारण पठाउन नसकिएको उपचारमा खटिएका गुल्मी अस्पतालका डक्टर उत्तम पच्चाले बताए ।
संक्रमित व्यक्तिको ३ पटक लिइएको स्वाबको रिर्पोटमा कोरोना पोजिटिभ नै आएको रेसुङ्गा नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । बेडमा समेत संक्रमित बिरामी बस्न नसकेपछि भुइँमा राखेर उपचार गरिएको थियो ।
संक्रमित व्यक्ति धुर्कोट गाउँपालिका अध्यक्षसँगै एकैदिन संक्रमणको पुष्टी भएको थियो । गाउँपालिका अध्यक्ष एक सतामै सेल्फ आइसुलेसनबाट कोरोना मुक्त बनेर आइतवार घर फर्केका छन् ।