टोपलाल अर्याल
गुल्मी, २६ जेठ। गुल्मीका स्थानीय तहलाई कोरोनाका दुवै परिक्षणको चुनौति थपिएको छ । अहिलेसम्म १२ स्थानीय तहको क्वारेन्टाइनमा साढे ४३ सय नागरिक बसेका छन् । जसमा ११ प्रतिशत पिसिआर र ३१ प्रतिशत आरडिटी परिक्षण भएको छ । आरडिटी परिक्षण प्रति धेरैलाई विश्वास नभएका कारण क्वारेन्टाइनमा बसेकाहरुलाई आरडिटी परिक्षण नेगेटिभ आएपछि घर पठाउँदा आफुहरुलाई व्यक्ति, परिवार र समुदाय स्तरबाट आलोचना भइरहेको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।
उनले भारतबाट आएकाले स्थानीय तहका क्वारेन्टाइन भरिएको बताउँदै आरडिटीको विश्वास गुम्ने र पिसिआर रिर्पोट समयमै नआउने कारण व्यावस्थापनमा निकै गाह्रो भएको गुनासो गर्न् ि। इस्मा गाउँपालिकामा पाँच सय ५७ जना क्वारेन्टाइनमा छन् । मुसिकोट नगपालिकामा आरडिटी परिक्षण नगर्न प्रर्दशन र दवाब आइरहेका छन् । अहिलेसम्म सात सय ३५ जना भारतबाट आएका क्वारेन्टाइनमा छन् । उनीहरुको तत्काल पिसिआर गर्ने मुसिकोट नगरसंग योजना छैन् । समग्र प्रदेशको नीति र एउटा प्रयोगशालाका कारण आफुहरुले मात्रै छुट्टै परिक्षण गर्न असम्भव भएको मेयर सोमनाथ सापकोटाले बताए । उनले बुुुझ पचाएर केहि स्थानमा यो बिषय दलगत मुद्धा बनाइएको बताउँदै भैरहवा प्रयोगशालाले सममै परिक्षण गरे आफुहरुलाई बजेट बिनियोजन गरेर सवैको पिसिआर गर्न कुनै समस्या नभएको स्पष्ट पारे । सोहि समस्याको समाधानको जिल्लामै प्रयोगशाला संचालन गर्न सवै स्थानीय तहसंग छलफल भएकोले कसैले बिपद्लाई मुद्धा नबनाएर सहयोग गर्न आग्रह गरे ।
त्यस्तै रेसुंगा नगरपालिकामा चार सय १२, धुर्कोटमा चार सय ११, छत्रकोटमा चार सय जना क्वारेन्टाइन छन् । प्रत्येक स्थानीय तहमा एक सय देखि सात सय नागरिकको भएकाले अब अवधी पुगेकालाई आरडिटी परिक्षण गरेर होमक्वारेन्टाइन पठाउन नथाले अर्को समस्या आउने मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । उनले प्रदेश र केन्द्रको निर्देशन पनि भएकाले आरडिटी पोजेटिभ नभएसम्म तत्काल पिसिआर गर्ने कुनै संभावना नभएकाले १४ दिन क्वारेन्टाइनमै बसेकाहरु अझै धेरै दिन पिसिआरकै प्रतिक्षामा नरहेको बताए । अव तेस्रो मुलुकबाट आएकाहरुलाई व्यावस्थापन गर्न पर्ने भएकाले भारतबाट आएकाहरुलाई महिनौ क्वारेन्टाइनमा व्यावस्थापन गर्न स्थानीय तहलाई आर्थिक रुपमा पनि समस्या रहेको गिरीले जानकारी दिए ।
पिपिआर परिक्षणमा समस्या
स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले स्वास्थ्य कार्यालयमा प्रमुख डाक्टर भवानी शर्माले पिसिआर परिक्षणको चाँप भैरहवा प्रयोगशालामा निकै बढि भएकाले आरडिटी परिक्षणलाई अगाडी बढाइएको बताए । उनले सुरुमा भारतबाट आउनेहरुको अनिवार्य पिसिआर गर्ने योजना बनाए पनि रिर्पोट आउनै लामो समय लाग्ने भएकाले आरडिडी परिक्षणमा पोजेटिभ आए मात्रै पिसिआर गर्ने गरिएको जानकारी दिए । उनले स्थानीय तहले किट खरिद गरेर पिसिआर परिक्षण गर्न सक्ने अवस्था भए पनि प्रयोगशालाका कारण रिर्पोट आउँदा एक महिना क्वारेन्टाइनमै बस्ने अवस्था आउने बताए । ‘स्थानीय तहमा अहिलेसम्म दुवै परिक्षणको लागि स्वास्थ्य कार्यालयले किट पठाएको छ, त्यो प्रर्याप्त छैन,’उनले भने,‘ प्रयास गरेका छौ स्थिती सकरात्मक नभए दुई दिनमा आरडीटी किटनै जिल्लामा हुँदैन् ।’ उनले अहिलेसम्म आरडिटी वा पिसिआर परिक्षणमा स्थानीय तहको कुनै भुमिका वा दोष नरहेको शर्माले स्पष्ट पारे ।
११ प्रतिशत पिसिआर परिक्षण
गुल्मीमा अहिलेसम्म ११ दशमलव २२ प्रतिशत मात्रै पिसिआर परिक्षण भएको छ । सोमबार दिउँसोसम्म स्थानीय तहका क्वारेन्टाइनहरुमा चार हजार तीन सय ४६ जना छन् । ती मध्ये चार सय ८८ जनाको मात्रै पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्र्यालय गुल्मीले जनाएको छ । जसमा तीन सय ४७ जनाको रिर्पोट नेगेटिभ, एक सय ३७ जनाको रिर्पोट पेण्डिङ्ग र चार जनाको पिसिआएर पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए । कार्कीका अनुसार मदाने गाउँपालिकामा ५३, मुसिकोट नगपालिकामा एक, रेसुङ्गा नगरपालिकामा ७६, चन्द्रकोट गाउँपालिका २२, रुरु क्षेत्र गाउँपालिकामा १२ जना, धुर्कोट गाउँपालिकामा एक सय ५७, कालिगण्डकी गाउँपालिकामा छ, मालिका गाउँपालिकामा तीन र छत्रकोट गाउँपालिकामा ३६ जना, इस्मा गाउँपालिकाका नौ जनाको पिसिआर परिक्षण गरिएको छ । अहिलेसम्म मदानेमा दुई, धुर्कोटमा दुई, चन्द्रकोटमा एक, रुरु क्षेत्र गाउँपालिकामा एक र रेसुङ्गा नगरपालिकमा एक जनाको कोरोना संक्रमणको पुष्टि भएको कार्कीले बताए ।
३१ प्रतिशत आरडिटी परिक्षण
गुल्मीमा अहिलेसम्म एक हजार तीन सय ७३ जनाको आरडिटी परिक्षण गरिएको छ । मदाने गाउँपालिकामा एक सय २७, मुसिकोट नगरपालिकामा एक सय ४५, रेसुङ्गा नगरपालिकामा एक सय १२, रुरु क्षेत्र गाउँपालिकामा ३६, छत्रकोट गाउँपालिकामा एक सय ३०, मालिका गाउँपालिकामा एक सय र चन्द्रकोट गाउँपालिकामा अहिलेसम्म ९२ जनाको आरडिटी परिक्षण गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । त्यस्तै इस्मा गाउँपालिकामा एक सय १२, कालिगण्डकी गाउँपालिकामा ३२, धुर्कोट गाउँपालिकामा एक सय ८८, गुल्मी दरवार गाउँपालिकामा २५, सत्यवति गाउँपालिकामा ४८ र गुल्मी अस्पतालमा एक सय १० जनाको आरडिटी परिक्षण गरिएको छ ।
एक सय ३० जनाको आरडिटी पोजेटिभ
अहिलेसम्म विभिन्न स्थानीय तहमा एक सय ३० जनाको आरडिटी परिक्षण रिर्पोट पोजेटिभ आएको छ । मुसिकोटमा २५, मदानेमा दुई, रेसुंगामा १६, रुरुमा दुई, छत्रकोटमा ३४, मालिकामा आठ, चन्द्रकोटमा २२, इस्मामा १६, कालिगण्डकीमा दुई, धुर्कोटमा नौ, गुल्मी दरवारमा चार, सत्यवतिमा एक र गुल्मी अस्पतालमा छ जनाको आरडिटी परिक्षण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।