गुल्मीमा जेठ ३२ गतेसम्म निषेधाज्ञा ‘बढाइयो’

अनिल खत्री
२१ जेठ, गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा निषेधाज्ञा जारी रहेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार निषेधाज्ञा जारी सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिषदको जेठ १७ गतेको निर्णय अनुसार जेठ ३२ गते मध्यरातसम्म लक डाउनको अबधी कायम रहेको हुँदा उक्त अबधीसम्म निषेधाज्ञा निरन्तर रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । निषेधाज्ञा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी गरिएको छ ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञा अबधीमा नागरिकहरु अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D