अनिल खत्री
१४ जेठ, गुल्मी । गुल्मीमा पछिल्लो समय यता भारतबाट आउनेको संख्यामा दैनिक जसो बढदै गएको छ । यसले गर्दा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम पनि बढदै गएको छ । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको पनि छ ।
जिल्लामा कोरोना संक्रमित बढेसँगै उच्च जोखिम बढदै गएको छ । संक्रमणको जोखिमलाई मध्यनजर राखेर जिल्लामा १ सय वटा आइसोलेसन वार्ड स्थापना तयार गर्ने कार्य अगाडी बढाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
जिल्ला सदरमुकाम तम्घासमा ४० वटा र अन्य पालिकाहरुमा ६० वटा आइसोलेसन वार्ड थपिएका छ । संक्रमितको संख्य बढन थालेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले चन्द्रकोट, सत्यवति, रुरुक्षेत्र, छत्रकोट र मुसिकोटमा आइसोलेसन वार्ड स्थापना गरिएको हो ।
जिल्लामा हाल २०३६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।
जिल्लामा हालसम्म १ सय ११ जनाको पिसिआर र ३ सय ७८ जनाको आरडिटि परिक्षण गरिएको पाण्डेयले बताए । जिल्लामा हालसम्म पिसिआर परिक्षणको लागि १५६ जनाको स्वाब संकलन गरिएको थियो ।
संकलित स्वाब मध्ये ४५ जनाको रिर्पोट आउन बाँकी रहेको छ । जिल्लाको मदाने गाउँपालिकामा र धुर्कोट गाउँपालिकामा कोरोना भाइरस पोजेटिभ देखिएका ३ जना व्यक्तिको जिल्लामै रहेका आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको छ ।
जिल्लामा हालसम्म संक्रमित संख्या ४ जना मध्ये १ जनाको मृत्यु भएको छ । संक्रमित व्यक्तिको स्वास्थ्य अबस्था समान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शमाले बताए ।
मदाने गाउँपालिका पुर्कोटदहका ४१ वर्षिय शिक्षकको बुटवलमा उचारको क्रमममा मृत्यु भएपछि सम्पर्कमा रहेका ३० जनालाई कोरोना भाइरस पिसिआर परीक्षण गर्दा २९ जनामा नेगेटिभ देखिएको थियो ।
१ जनामा भने कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यस्तै धुर्कोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष र अर्का भारतबाट आएर क्वारेनटाइनमा बसेका एक युवामा कोरोना भाइरस पोटिजिभ देखिएको छ ।
संक्रमित ३६ र ३७ बर्षका रहेका छन् ।गाउँपालिका अध्यक्षले एक बिज्ञप्ती जारी गरेर संक्रमित भएको सार्बजनिक गरेका थिए । उनले आफुले कोरोना जितेर छिट्टै काममा फर्किने बताएका थिए । जारी बिज्ञप्तीमा गाउँपालिका वासीलाई सुरक्षित रहन र सरकारले जारी गरेको नियम पालन गर्न आग्रह गरेका थिए ।
जनप्रतिनिधि र अर्का युवकको कोरोना संक्रमण देखिएपछि सम्पर्कमा आएका सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधीको सहित ४४ जनाको स्वाब संकलन गरेर परिक्षणको लागि रुपन्देहीमा पठाइएको छ । संक्रमित व्यक्तिको सम्र्पकमा आएका जनप्रतिनिधी, सिडीयो सहित सुरक्षा निकाय प्रमुखहरु होम क्वारेन्टिनमा रहेका छन् ।
संक्रमित फेला परेका गाउँपालिकालाई सिल गरेर कन्ट्रयाक्ट टे«सिङ्ग भइरहेको र भेटिएका सबैको स्वाब परिक्षण गर्ने कार्य भइरहेको सूचना अधिकारी पाण्डेयले बताए ।