गुल्मीन्युज
काठमाडौं, जेठ ०७ । बुटवलको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको खबर झुटो भएको अस्पतालले जनाएको छ । उक्त अस्पातलमा उपचाररत कोभिड-१९ पोजेटिभ गुल्मीको मदाने गाउँपालिका वार्ड नं ६ निवासी ४१ बर्षिय पुरुषको मृत्युको खबर झुटो रहेको अस्पातलले जनाएको हो । बुधवार मध्यान्ह एक प्रेस बिज्ञप्ती जारी गर्दै अस्पातलले ति पुरुष अस्पातलको ICU कक्षमा Ventilator Support मा उपचाररत रहेको पनि जानकारी दिएको छ ।
“केही सामाजिक सन्जाल तथा मिडियाहरुमा निज बिरामीको मृत्यु भएको गलत, भ्रामक, अतिरन्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको बातावरण सृजना भएको छ”, बिज्ञप्तीमा भनिएको छ, “गलत समाचारको पछी नलाग्नुहुन सबैमा अस्पातल अनुरोध गर्दछ ।”
बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो । भर्ना भएदेखि नै उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइजफङसन सिन्ड्रोम) अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपचारकै क्रममा २ गते उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।