घरमै पुगेर दिइयो वृद्ध-वृद्धाको भत्ता

गुल्मी, बैशाख १३ । गुल्मीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्‍याइदिएको छ। लकडाउनका कारण वृद्धवृद्धाहरु बैंकसम्म जान सक्ने अवस्था नभएका कारण घरमै गएर सामाजिक दूरी कायम गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।

मालिका गाउँपालिकाका आठवटै वडाका वृद्ध-वृद्धाहरुको घरमै गई जनप्रतिनिधि, कर्मचारीहरूले सामाजिक दूरी कायम गरी सामाजिक सुरक्षा वितरण गर्ने कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए। उनले करिब तीन करोड २२ लाख रुपैयाँ एक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी दिए।

अहिले वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता दास्रो चौमासिकको समेत रहेको गाउँपालिकाले जनाएको छ। -थाहा खबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ