Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
लकडाउनमा घर, रुक बहादुरको भर - Gulminews

लकडाउनमा घर, रुक बहादुरको भर

टोपलाल अर्याल
गुल्मी, १३ बैशाख । चिटिक्कको घर, नजिकै शौचालय पनि । यो बिपद्मा कैयनले दुख पाएका खबर छन् । तर इस्मा गाउँपालिका ३ दर्लामचौरका रुक बहादुर घर्तिले भने यो बिपद्मा घर पाए । उनले डेढ बर्षदेखि इस्मा गाउँपालिका ५ का रामलाल अर्यालको घरमा काम गर्थे । उनले काम गरेबापत मासिक सात हजार पारिश्रमीक पाउँछन् । त्यसैले घर्तिले श्रीमति, एक छोरा र दुई छोरीसहितको परिवार पाल्दै आएका छन् ।

दर्लामचौर रानाखोलाको सुकुम्बासीमा बस्दै आएका घर्ति परिवारले कहिल्यै सुखको अनुभुत गरेनन् । रुक बहादुरले सदरमुकामका होटल, भारतदेखि गाउँका विभिन्न स्थानमा मजदुरी गरेरै जीवन ढल्काए । अहिले पनि काम गर्छन् । काम गरिरहेकै परिवारले जग्गासहित घर बनाइदिए । जसका कारण घर्ति परिवारमा खुसीको सिमा रहेन् । ‘मैले बच्चाबाटै दुख पाएँ, बुबाको मृत्युपछि क्रृणले घर समेत छोडे,’उनले भने,‘अहिलेसम्म केटाकेटीलाई ओत र भोकमा मिठो दिन सकिन ।’ अर्याल परिवारको सहयोगले जीवनमा नयाँ उर्जा थपेको रुक बहादुरले बताए । खरले घर छाएकाले गाउँपालिकाबाट टीन पाउने आशा व्यक्त गरे ।

सुकुम्बासी बिपन्न परिवारको अवस्था देखेर आफुहरुले सहयोग गरेको आनन्दपुर माविका पुर्व शिक्षक समेत रहेका रामलाल अर्यालले बताए । उनले लकडाउन भएकाले आफुहरुनै पुरै काममा खटिएर घर र शौचालय निर्माण गरेको जानकारी दिए । अर्याल परिवारले घर र शौचालय निर्माणसंगै दुई रोपनी जग्गा समेत बिपन्न घर्तिलाई उपलब्ध गराएका छन् । राम्रो दिनमा गृह प्रवेश गराएर लकडाउन खुलेपछि घर जग्गा पास गर्ने योजना बनाएको रामलालका छोरा प्रेमसागर अर्यालले बताए । ‘यो लकडाउनको सदुपयोगसंगै बिपन्न परिवारलाई गरेको सानो सहयोग हो,’उनले भने,‘घर्ति परिवारको खुसीले मेरो परिवार सुखी बन्न सनोस् ।’

रामराज्य माविका शिक्षक समेत रहेका अर्यालले मालिक सधै मालिक र श्रमिक सधै श्रमिक बनेर पुस्ता सकिएका उदाहरणले आफु प्रभावित बनेका कारण घरपरिवारको सल्लाहमा सानो सहयोग गरेको बताए । यो कामले गाउँले पन र मानवताको उदाहरण बोकेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D