पिउने पानीको हाहाकार झेल्दै मुसिकोट नगरपालिका वासी

गुल्मी, १९ साउन । गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।

झण्डै ३२ किलोमिटर टाढा दलिङ पासेखोलाबाट ल्याइएको खानेपानी मुसिकोट नगरपालिका–२ का मुसिकोटका विभिन्न स्थानमा पाइप जीर्ण बन्दै जाँदा खानेपानी जडान गरिएका पाइप टुटफुट भइरहेको र मोटरबाटो खनेका स्थानमा वर्षात्ले गर्दा पहिरोले पाइप बगाउने र पुर्ने जस्ता समस्याले खानेपानी अवरुद्ध भएको मुसिकोट–बडागाउँ उपभोक्ता समितिका सचिव घिमिरेले जानकारी दिनुभयो । साथै, खानेपानी सुचारु हुन करिब एक हप्ता लाग्ने समितिका सचिव घिमिरेले जानकारी दिनुभयो ।

खानेपानी सुचारु नहुँदा तीन वडाका झण्डै २५० घरधुरीका उपभोक्ताले घण्टौँ लगाएर आफ्नो नजिकका कुवा, कुलेसामा खानेपानी लिनुपर्ने बाध्यता रहेको छ । यसरी पटकपटक खानेपानी अवरुद्ध भइरहँदा खानेपानी नियमितरुपमा सुचारु नहँुदा स्थानीयवासीलाई निकै समस्या भइरहेको छ । रासस

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ