चन्द्रकोट गाउँपालिकाद्वारा ३ वडामा राहत वितरण

गुल्मी, फागुन २७ । चन्द्रकोट गाउँपालिकामा आज राहत वितरण गरिएको छ। कोरोना भाइरसको संत्रासले देश लकडाउनमा छ । चन्द्रकोट गाउँपालिका वडा नंं. १, २ र ४ मा बुधवार राहत वितरण गरिएको हो ।

चन्द्रकोट गाउँपालिकामा भएको पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत दैनिक ज्यालादारी गर्ने, जिवन निर्वाह गर्न कठिन भएका घरपरिवारलाई राहत उपलब्ध गराईएको हो। भने सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई राहत वितरण नगरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो।

राहत वितरणमा कुल ३५ सय ४० केजी चामल, ११८ केजि दाल, ११८ केजि चिनि, करिब १९ दर्जन साबुन र ११८ लिटर तेल वितरण गरिएको थियो। जसमा चन्द्रकोट गाउँपालिकाको वडा नं. ४ शान्तिपूरमा १७, वडा नं. २ विस्सुखर्कमा २९ र वडा नं. १ दिब्रुङमा १३ घरपरिवारलाई राहत उपलब्ध गराईएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिनुभएको थियो।

चन्द्रकोट गाउँपालिका चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन महिला स्वयंमसेविकालाई सरकारले नै कार्यक्रम ल्याउने भनेपछि सोही अनुसारको जानकारी गराइएको जनाएको छ।

गाउँका भन्दा पनि बाहिरबाट आएकासँग स्थानीय धेरै भएकाले गाउँमा भीडभाड नगर्न प्रहरी परिचालन गरेको र अब स्वयंसेवक पनि परिचालन गर्ने सोचमा रहेको भण्डारीले बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D