इस्मामा बाहिरबाट कोहि सिधै क्वारेन्टाइन, आजै ९ जना क्वारेन्टानमा राखियो

टोपलाल अर्याल
गुल्मी, २६ चैत। इस्मा गाउँपालिकाले लक डाउनलाई थप कडाई गर्दै गएको छ । अब इस्मामा बाहिरबाट कोहि आए सिधै क्वारेन्टाइनमा राखिने छ । इस्माको प्रमुख नाका छल्दी पनाहमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स राखिएको छ । बुधबार बुटवल हुँदै आएका चार महिला र पाँच पुरुषलाई हेल्थ हेक्सबाट क्वारेन्टाइनमा राखिएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।

खत्रीका अनुसार नौ जनानै इस्मा गाउँपालिका २ हस्तिचौरका हुन् । उनीहरुले वुटवलमा काम गर्ने बताए पनि भारतबाट आएको हुनसक्ने आशंका गरिएको खत्रीले बताइन् । स्वदेश वा प्रदेश जहाँबाट आए पनि अब क्वारेन्टाइनमा बस्नुको बिकल्प नभएकाले बताउँदै पालुखा माविमा १० वेडको क्वारेन्टाइन निर्माण गरेर तिनीहरुलाई व्यावस्थापन गरिएको उपप्रमुख खत्रीले बताइन् । उनले अहिले पनि लुकेर मानिसहरु गाउँ छिरेकाले क्वारेन्टाइनको क्षमता बढाएर छल्दी पनाहमै राखिने बताइन् ।

अहिलेको निर्माण गरिएको साथै क्षमता बिस्तार गरिने क्वारेन्टानको व्यावस्थापन गर्न वडाध्यक्ष टीका बहादुर रेश्मीको संयोजकत्वमा व्यावस्थापन समिति गठन गरिएको छ । समितिमा स्थानीय राजनैतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत छन् । समितिले अब नाकामा चेकजाँच कडा पार्ने, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र उनीहरुको खानपान तथा स्वास्थ्य परिक्षणको व्यावस्था मिलाउने वडाध्यक्ष रेश्मीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D