गुल्मीमा बेवारिशे शब भेट्टियो, शब झन्डै १ महिना पुरानो भएको अनुमान

रामकृष्ण कंडेल
वामीटक्सार, चैत १७ । गुल्मीको मुसिकोट नगरपालिका वडानं ४ भलाङ भन्ने स्थानमा एक जनाको शब फेला परेको छ ।आज बिहान स्थानिय खानेपानी आयोजनाका कर्मचारीले उक्त स्थानमा शब देखेपछी गाउँलेहरूलाई जानकारी गराएका थिए ।

मुनपा ४ दजाकोट भन्दा तल भलाङ भन्ने स्थानको सडकमुनी शब भेट्टिएको मुनपाका कार्यपालिका सदस्य हरि छन्तेलले जानकारी दिनु भयो । छन्तेलका अनुसार शब अन्दाजी २०-२५ दिन पुरानो हुन सक्ने बताईएको छ । “सडक मुनि खोल्सोमा भलले बगाएको माटोले पुरीएको अबस्थामा शब रहेको थियो”, छन्न्तेलले गुल्मीन्युजसँग भन्नुभयो, “पहिचान गर्न कठिन भएको छ ।” घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तम्घासबाट इन्पेक्टरको कमान्डमा प्रहरी टोली पुगी सकेको छ ।

घटनास्थलमा एउटा फोन सेट पनि भेट्टिएको छ । हाल सम्म स्थानिय कोही पनि हराएको जिल्ला प्रहरी कार्यलय गुल्मीमा जाहेरी नपरेकोले शब स्थानियकै हो वा अन्य स्थानको ब्याक्तिको हो भन्ने खुल्न सकेको छैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ