निर्माण व्यावसायी संघ गुल्मीद्धारा पिपिइ प्रदान

टोपलाल अर्याल
गुल्मी, १६ चैत। निर्माण व्यावसायीसंघ गुल्मीले २० थान पिपिई प्रदान गरेको छ । कोरोना संक्रमणका बेला जिल्लामा पिपई अभावलाई न्यूनिकरण गर्न आफुहरु सहयोगी बनेको संघका जिल्ला अध्यक्ष नारायण पोख्रेलले बताए । निर्माण व्यावसायी संघका अध्यक्ष पोख्रेल, पुर्व अध्यक्ष बालसिंह काउछा र महासचिव हरि कुमार श्रेष्ट लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत गुल्मी अस्पताल तम्घास र स्वास्थ्य कार्यालयलाई पिपई उपलब्ध गराएका थिए ।

जिल्लामा यो सामग्री नभएका कारण काममा जोखिम भएको भन्दै चिकित्सकहरुमा मनौबैज्ञानिक त्रास सृजना भएको थियो । यो बिपद्को बेलामा स्वास्थ्यकर्मीहरुलाई काममा मनोवल थप्नकै लागि यो सामग्री सहयोग गरेको संघका महासचीव हरि कुमार श्रेष्टले बताए । स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले यो सहयोगले सवैलाई उर्जा थपेको बताउँदै बिपद्मा समन्वय र सहकार्य गर्ने निर्माण व्यावसायी संघलाई धन्यवाद दिए । केहि दिन अघि दुई राष्ट्रसेवक कर्मचारीले गुल्मी अस्पताल तम्घासलाई अत्यावश्यक सामग्री पिपिइ प्रदान गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय र अहिले बारा जिल्लामा कार्यरत शाखा अधिकृत हुम पाण्डेयले कोरोना भाइसर बिरुद्ध परिचालन हुने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने आठ थान पिपिइ प्रदान गरेका हुन् । त्यस्तै नेपाली कांग्रेस रेसुङ्गा नगर सभापति छवि पाण्डेय र जिल्ला सदस्य निर्मला केसीले जिल्ला प्रशासन कार्यालय र जिल्ला कारागार गुल्मीलाई एक सय ४२ सेट माक्स प्रदान गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ