गुल्मीमा प्रशासनले व्यापारीको खाद्य स्टक रेकर्ड माग्यो: अनावश्यक समान थुपारे कारबाही गरिने

टोपलाल अर्याल
गुल्मी, ९ चैत । जिल्ला प्रशासन कार्यालयल गुल्मीले सदरमुकामका पसलहरुमा खाद्य स्टक सामग्रीहरुको अनुगमन गरेको छ । नागरिकले अहिलेनै अनावश्यक सामग्रीहरु डम्पिङ्ग गरिरहेको सुचनाको आधारमा सदरमुकामका २१ ठुला खाद्य पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । उनले धेरै बिक्री हुने पैँचो पसल लगायत २१ ठुला खाद्य पसलहरुको अनुगमन तथा स्टक सामग्रीहरुको अवस्थाका बारेमा जानकारी लिएको बताए ।

साथै अनुगमन टोलीले आफुसंग भएको नुन, तेल, चामल, चिनी, दालको स्टक विवरण जिल्ला प्रशासन कार्यालयमा सोमबार अविलम्ब बुझाउन निर्देशन दिएको छ । पसलबाट एकै व्यक्तिले धेरै समान लैजाने गरेमा त्यस्ता व्यक्तिको नाम, सम्पर्क नम्बर र परिणाम राख्न, पसलमा ४० प्रतिशत खाद्य सामग्री स्टक राख्न र मुल्यवृद्धि नगर्न अनुगमन टोली मार्फत व्यावसायीहरुलाई सुझाव दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

‘कालोबजारी गर्ने व्यावसायी मात्रै नभएर अनावश्यक रुपमा खाद्य सामग्री थुपार्ने व्यक्तिलाई पनि कारबाही गर्छौ’, प्रजिअ शर्माले भने, ‘कालोबजारी ऐन र अत्यावश्यक सेवा ऐन मार्फत दुवै पक्षलाई कडा सजाँयको व्यावस्था गरिएको छ ।” बजारमा सहज आपूर्ति भएपनि अनावश्यक हल्लाका कारण घरमा अनावश्यक खाद्य सामग्री राखेको सुचना प्राप्त भएकाले आवश्यक परे खोजतलास गरेर सामग्री कब्जा र व्यक्तिलाई कारबाही गरिने शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D