गुल्मीमा विप्लव कार्यकर्ता पक्राउ

गुल्मी, चैत २ । नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दलित मुक्तिमोर्चाका गुल्मीका संयोजकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत पुर्कोटदहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् । मदाने गाउँपालिकामा संगठनको कामका सिलसिलामा हिँडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

जिल्लामा सो समूहको गतिविधि बढ्न सक्ने आशङ्कामा प्रहरीले पछिल्लो समयमा गाउँ–गाउँमा गस्ती अभियान शुरु गरी समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ । -रासस

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ