काठमाडौं, चैत २ । कास्की केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का गुल्मीका बिभिन्न स्थानहरुमा पनि महशुस गरिएको थियो । त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्पको धक्का कास्की र गुल्मी सहित विभिन्न जिल्लामा महसुश भएको थियो ।
भुकम्पबाट भएको क्षति बारे कुनै विवरण भने सार्वजनिक भएको छैन ।
An earthquake of Ml 5.0 around Lumle of Kaski @ 20:45.
— NSC, Nepal (@NepalNsc) March 15, 2020