नेता जिसीद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश सदस्य बुद्धि जिसीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने नेटाखर्कका ४२ बर्षिया राम बहादुर खड्काको परिवारलाई किरिया खर्चस्वरुप नगद ३५ हजार सहयोग गरेका हुन् । खड्काको दुवै मृगौला फेल भई फागुन १५ गते निधन भएको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकोले सहयोगस्वरुप रकम उपलब्ध गराएको जिसीले बताए । खड्का परिवारमा अहिले श्रीमतीसहित ९ छोरी र एक छोरा सहित ११ जना छन् । तीमध्ये दुई छोरीको विवाह भइसकेको छ । एक छोरीले दिदिको घरमा बसेर पढ्दै आएकी छिन् भने एक छोरीले गरिबीले गर्दा बिचैमा पढाई छाडेकी छन् । ‘उपचारको लागि बुबालाई भएभरको सम्पत्ति बेचेर विभिन्न ठाउँमा पु¥र्यायौँ, तर दैवको अगाडी हाम्रो केहि लागेन ।’ छोरी पवित्राले भनिन्, ‘सानै उमेरमा बुबा गुमाउदा धेरै दुःख लागेको छ ।’

राम बहादुरका छोरा मनिष ११ बर्षका भए । उनी अहिले काजकिरियामा बसेका छन् । आफुलाई पढेर असल मान्छे बन्ने रहर भएपनि घरको आर्थिक अवस्थाले अवरोध गरेको मनिषले बताए । उनलाई राम्रोसँग ओढ्ने कपडा त परै जाओस्, परिवारमा पकाउने अन्न, बाल्ने दाउरा समेतको अभाव छ । त्यसैमाथि मनिषलाई हर्नियाको समस्या छ । ‘बुबालाई त गुमाउनुप¥र्यो, भाईलाई समेत हर्नियाको समस्या छ, उपचार गर्ने रकम छैन ।’ मनिषकी दिदि पवित्राले भनिन्, ‘सक्नेले सहयोग गरिदिए केहि सहज हुने थियो ।’

स्थानीय नारायण पौडेलका अनुसार राम बहादुरको निधन हुँदा घाटमा सबैले चन्दा उठाएर १२ हजार संकलन गरिएको थियो । ‘हामी छिमेकीले सक्नेजति गरेका छौ, तर पर्याप्त भएको छैन ।’ पौडेलले भने, ‘उक्त परिवारलाई सहयोग गरे धर्म कमाउन देउता ढोग्नु पर्दैन ।’ उनले खड्का परिवारको घर भूकम्पमा परि क्षति भएको तथा बर्षभरी गरेको खेतिले तीन महिना पनि खान नपुग्ने बताए ।

तीन बालबालिकाको जिम्मा

अहिले परिवारमा मनिषसहित तीन छोरी ११ बर्षभन्दा मुनिका छन् । सहयोग लिएर पुगेका जिसीले साना तीन छोरीको माध्यमिक तहसम्मको शिक्षामा लाग्ने सबै खर्च जुटाउन आफुले सहयोग गर्ने प्रतिवद्धता जनाए । आफ्नो जन्मघर भनभनेमै भएका जिसीले परिवारमा राम बहादुर नभएको महसुस हुन नदिनेगरी आफुले भूमिका खेल्ने बताए । त्यसका साथै उनले सबैसँग आफुसक्दो आर्थिक सहयोग गरी परिवारको उद्धारमा लाग्न समेत सबैलाई अपिल गरेका छन् । स्थानीय चन्द्रु गिरीले उक्त परिवारको उद्धार र सहयोगको लागि सबै एकजुट हुनुपर्ने बताए । यदि कसैले मृतक खड्काको परिवारलाई सहयोग गर्न चाहेमा ९८४७०४७५०२ मा सम्पर्क गर्न पनि परिवारले आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ