७४ बर्षिय बृद्धद्धारा ६ बर्षिया बालिकालाई बलात्कार प्रयास

हुमाकान्त पोखरेल
गुल्मी, ०६ फागुन । गुल्मीमा ६ बर्षिय बालिकालाई ७४ बर्षिय बृद्धले बलात्कार गर्न खोजेको खुलेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका २ जुभुङ्गकी बालिकालाई स्थानीय समाजसेवी समेत रहेका ७४ बर्षिया बृद्ध सुबदार केशरसिहं सारुले बलात्कार प्रयास गरेको खुल्न आएको हो । पीडित बालिकाकी आमाले आवश्यक कारवाहिको लागि सोमबार जिल्ला प्रहरी कार्यालय, गुल्मीमा उजुरी दर्ता गरेकी छन् ।

बृद्ध सारु पटक–पटक बालिकाको घरमा आउने र पुसको १८ गते कोहि नभएको अवस्थामा बालिकालाई बलात्कार प्रयास गरेका थिए । बालिकाकी आमाले त्यो कुरा थाहा पाएपछि अन्यले दबाव दिएका कारण प्रहरीमा उजुरी दिन सकेकी थिइनन् । तर उजुरीपछि भने बृद्ध सारुलाई प्रहरीले नियन्त्रणमा लिएको वडा सदस्य देवी रानाले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ