०४ फागुन, गुल्मी। रेसुङ्गा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सब गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसले आफ्नो ३७ औं वार्षिकोत्सब को अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।

क्याम्पसका अनुसार शनिबारसम्म छात्र छात्रा दुबै तर्फको भलिबल र फुटबल सम्पन्न भएको छ । साथै हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न भएको क्याम्पसले जनाएको छ । क्याम्पसका अतिरिक्त विभाग अध्यक्ष नारायण भुषालका अनुसार भलिबल खेलमा छात्र तर्फ बि.एड चाैथाे र दाेस्राे बर्षको संयुक्त समूह प्रथम र बि.एड प्रथम बर्ष द्वितिय भएका छन् । भलिबल मै छात्रा तर्फ बि.एड प्रथम बर्ष प्रथम र बि.बि एस् दाेस्राे बर्ष द्वितिय भएकाे छ ।
फुटबल खेलमा छात्र तर्फ बि.एड चाैथाे बर्ष प्रथम भएको छ भने बि.एड प्रथम बर्ष द्वितिय भएको छ । फुटबल मै छात्रा तर्फ बि.बि.एस् दाेस्राे बर्ष प्रथम र कक्षा १२ को समूह द्वितिय भएको छ । साथै हाजिरीजवाफ प्रतियोगितामा बि.एड चाैथाे बर्षकाे निर्मला बस्नेतकाे समूह प्रथम भएको छ । भने कक्षा १२ को लक्ष्मी पाेखरेलकाे समूह द्वितिय भएको छ ।
वार्षिकोत्सबको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन भएका थिए । ब्याडमिन्टन खेलमा एकल छात्र तर्फ सरगम थापा र तस्लिन वली द्वितिय भएका छन् । एकल नै छात्रा तर्फ गाेमा गाैतम प्रथा र निर्मला बस्नेत द्वितिय भएका छन् ।
ब्याडमिन्टन युगल छात्रा तर्फ नबिना पछाई र कविता साेमै प्रथम साथै सन्ध्या घर्ती र पुणादी थापा द्वितिय भएका छन् । साथै क्याम्पसले आफ्नो ३७ औं वार्षिकोत्सबको अवसरमा थुप्रै अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।
आउँदाे साेमबार क्याम्पसमा शिक्षक , विद्यार्थी , अभिभावक , क्याम्पस संचालन समिति तथा क्याम्पस सराेकारवालाहरुकाे उपस्थितिमा भब्यताका साथ मनाइँदै छ । साेमबार विहान ८ बजे विद्या कि देवी सरस्वतीको पूजाआजा सँगै कार्यक्रम सुरु हुने छ । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुषालकाे प्रमुख आतिथ्यतामा हुने कार्यक्रम बिहान ११ बजेदेखी सुरु हुने क्याम्पसले बताएको छ ।







