गुल्मीमा एक जनाको बिष सेवनबाट मृत्यु

रामकृष्ण कंडेल
वामीटक्सार, फाल्गुण १ । मुसिकोट नगरपालिका वार्डनं ७ परूवा, गुल्मीमा बिष सेवनबाट एक जनाको दुखद मृत्यु भएको छ । ४५ बर्षिय केयरसिङ खत्रीले आज दिऊँस आफ्नै घरमा बिष सेवन गरेको बताईएको छ ।

घरमा कोहि नभएको अबस्थामा ‘डाईभ’ नामको किटनाषक बिषादी प्रयोग गर्दा खत्रीको ज्यान गएको बुझिएको छ । बिष सेवन पश्चात छटपटिएका खत्रीलाई वामी स्थित लुम्बिनी वामी अस्पातल पुर्याईएका खत्रीलाई अस्पालले मृत घोषणा गरेको हो । वडा अध्यक्ष प्रकाश काफ्लेका अनुसार शवलाई पोस्टमार्टम रिपोर्टको लागि जिल्ला अस्पताल तम्घास पठाईएको छ ।

मृतक खत्रीले बिष सेवन गर्नुको कारण खुल्न सकेको छैन । खत्रीका दुई छोरा, दुई छोरी, बृद्द आमा र श्रीमती रहेको बताईएको छ । केहि समय पहिले लुम्बिनी वामी हस्पिटलमा सुरक्षा गार्डका रुपमा कार्यरत खत्रीलाई अस्पतालले अबकाश दिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ