खेल क्षेत्रमा लगानी बढाएका छौँ: मन्त्री ज्ञवाली

टोपलाल अर्याल
गुल्मी, २२ माघ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले खेल क्षेत्रमा सरकारले लगानी बढाएको बताए । बुधबार जिल्ला खेलकुद विकास समिति गुल्मीको कवर्ड हलसहितको भवनको उद्घाटन गर्दै ज्ञवालीले खेल क्षेत्रमा देखिएको सफलतासंगै लगानी पनि बढाउँदै लगिएको बताए । उनले खेल मानव स्वास्थ्यसंगै राष्ट्रिय पहिचान, संस्कृती र अनुशासनको निम्ति भएको बताए ।

‘जब खेलाडी राष्ट्रिय झण्डा छोपेर खेल मैदानमा परेड खेल्छन,’ उनले भने, ‘सवै बिचार, बर्ग र समुदाय एकजुट बन्छौ ।’ मन्त्री ज्ञवालीले सरकारले खेललाई उच्च प्राथमिकता दिएपनि सोचे जति अझै गर्न नसकेको बताए । उनले प्रतिकुल अवस्थामा पनि १३ औ साग भव्यताका साथ सम्पन्न गरेकाले लगानी गर्न सके नेपाली खेलाडीहरुमा धेरै सम्भावना रहेको बताए । खेल क्षेत्रको विकासको लागि अहिले प्रदेश स्तरमा रंगशाला र ‘एक स्थानीय तह एक खेल मैदान’ अभियान संचालन भएको ज्ञवालीले बताए ।

युवा तथा खेलकुद मन्त्रालय अन्तरगत र रोष्ट्रिय खेलकुद परिषद्बाट बिनियोजन भएको ५० लाखको लागतमा नयाँ कर्वडहलसहितको भवन निर्माण गरिएको निर्माण समिति अध्यक्ष बालसिंह काउछाले बताए । उनले सदरमुकामका बिद्यालय र क्याम्पस तथा बस्तीको हिसाबले पनि खेलकुदका अन्य संरचना आवश्यक भएकाले मन्त्री ज्ञवालीसंग थप बजेटको माग गरे । त्यस्तै खेलकुद विकास समिति गुल्मीका निर्वमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले गुल्मी जिल्लाबाट थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाएको बताए । तर जिल्लामा बजेट र संरचनाको हिसाबले सोचे अनुसारको काम हुन नसकेको बताए । उनले अहिलेसम्म तीनबटै तहका सरकारसंग हातेमालो गरेर आफुहरु अगाडी बढेको बताए ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले तम्घासमा अहिले सम्पन्न भएको कर्वडहलसहितको भवन, रिडीमा निर्माण गरिएको कर्वड हल, मालिका माविको खेल मैदान, रुरुको भडकुवा क्रिकेट खेल मैदान र शहिद लखन थापा रङ्गशालाले गुल्मीको खेल क्षेत्रको विकासमा नयाँ उचाई थपेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D