समाजवादी पार्टी गुल्मीको प्रथम जिल्ला बैठक सम्पन्न

गुल्मी, माघ १९ । समाजवादी पार्टी गुल्मीको प्रथम जिल्ला बैठक मुसीकोट नगरपालिका ५ इन्द्रगौडामा सम्पन्न भएको छ।

समाजवादी पार्टी गुल्मीका अध्यक्ष वीर बहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा प्रदेश इन्जार्च नविन सुनुवारको प्रमुख आतिथ्यता रहेको थिया।

पूर्व सांसद एवं समाजवादी पार्टीकी केन्द्रिय सदस्य कमला विश्वकर्मा, केन्द्रिय सदस्य तथा प्रदेश मुख्य सचिव यज्ञ पोखरेल, केन्द्रिय सदस्य गोर्कण थापाको बिशेष आतिथ्यता रहेको बैठकले पार्टीको सङगठन विस्तार तथा सुदृढिकरण अभियानलाई जोड दिने, पार्टीको धारणाहरुलाई जनस्तरसम्म पु¥याउनका लागि विभिन्न कार्यक्रमलाई अगाडी बढाउने निर्णय गरेको छ।

प्रदेश सह–इन्चार्ज कृष्ण सरतुङ्गी मगरको स्वागत रहेको कार्यक्रमको सञ्चालन समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डेले गर्नुभएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ