वामीलाई औधोगिक ग्रामको बनाउनु जरुरी छ: अध्यक्ष के.सी.

राम कृष्ण कंडेल
वामीटक्सार, माघ १७ । मदाने गॉऊपालिकाका अध्यक्ष दानबहादुर के.सी.ले वामीटक्सार क्षेत्रको विकासको लागि औधोगिक ग्रामको रूपमा अगाडि बढाऊन जरूरी रहेको बताऊनु भएको छ । वमिटक्सारमा जारी मुसिकोट महोत्सबमा तेस्रो दिनको प्रमुख अतिथिको रुपमा मन्तब्य ब्यक्त गर्दै के.सी.ले सो कुरा बताउनुभएको हो । ३०बर्ष अगाडि वामीटक्सार क्षेत्र घ्यू संकलको लागि प्रख्यात रहेको स्मरण गर्दै के.सीले यस्ता महोत्सबमा स्थानिय बस्तुहरूको बिक्रि बितरणमा पनि उचित ध्यान दिन जरूरी रहेको पनि बताऊनु भएको थियो ।

उद्योग वाणिज्य संघ वामी शाखाले आफ्नो स्थापनासँगै व्यवसायिक हकहितको संरक्षण, संबर्द्दन र व्यवसाय प्रवर्द्धन एवम् मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरेकोमा के.सीले आयोजकहरूको प्रशंसा पनि गर्नुभयो । ३० बर्ष अगाडि लामोसमय आफु यसै स्थानमा रहेको महेन्द्र आदर्श मा.बिको प्रधानाध्यापकको रूपमा काम गरेको संस्मरण गर्दै यस क्षेत्रलाई ‘शैक्षिक हबको’ रूपमा बिकास गर्न सकिने सुझाब समेत दिनु भयो । “यहॉका जनसमुदायहरू निकै सहयोगी रहेको छन्”, के.सीले भन्नुभयो, “भौगोलिक अबस्था पनि राम्रो रहेकोके यो क्षेत्र गुल्मी जिल्लाकै नमुना स्थानिय तह हुन सक्छ ।” ‘

कार्यक्रमलाई बिशिस्ट अतिथिको रूपमा संबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टि (नेकपा)मुसिकोट नगर कमिटी अध्यक्ष खुमबहादुर थापाले मुसिकोट महोत्सव गुल्मीकै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरणमा जोड दिनुपर्ने बताऊनु भयो । महोत्सबको तेस्रो दिन मुसिकोट नगरपालिका आर्थिक संयोजक प्रकाश काफ्ले, नेपाल रास्ट्रिय शिक्षक संगठनका गुल्मी अध्यक्ष ज्ञानहरि सापकोटा, मुसिकोट शिक्षा शाखा श्रोत ब्यक्ति देबिराम शर्मा, मालिका बोर्डिङ स्कुलका प्रिन्सिपल पुस्तकलाल श्रेस्ठ, सन्चारकर्मी कमल पौडेल, रामकृस्ण कंडेल, कौरब खत्री, प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

महोत्सवको तेस्रो दिन शैक्षिक सामाग्री प्रदर्शनी मूल्याङ्कन पुरस्कार वितरण, राष्ट्रिय कलाकारहरु विमलराज क्षेत्री, श्री प्रसाद थापा “लाहुरे”, हरी खत्री लगायतको सांगितिक प्रस्तुती रहेको छ । महोत्सवमा स्थानीय कृषिजन्य सामग्री, घरेलु तथा साना उद्योगमा उत्पादित वस्तुल गायतका स्टलहरू राखिएको छ । “गुल्मी मुसिकोटको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र व्यापार” भन्ने नारा सहित माघ १५ मा शुरु भएको महोत्सब माघ २६ गते सम्म चल्ने छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ