विप्लव समूहका एक जना गुल्मीमा पक्राउ

गुल्मी, माघ १४ । विप्लव समूहका गुल्मी जिल्ला सदस्य गोविन्दबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालीका घर भएका आकाश भनिने गोविन्दबहादुर विक कामको सिलसिलामा सदरमुकाम तम्घास पुगेको उज्यालो अन्लाईनले खबर छापेको छ । पक्राउ परेका विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासतमा राखिएको छ ।

पछिल्लो समय विप्लव समूहले गुल्मी जिल्लामा चन्दा आतंक बढाएको भन्दै प्रहरीले विप्लव समूहका गतिविधिमाथि निगरानी बढाएकाे छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ