गुल्मीका ९० बिपन्न विद्यार्थीलाई न्यानो कपडा र झोला बितरण

टोपलाल अर्याल
गुल्मी, १० माघ । गुल्मीको बिकट ठाउँ मालिका गाउँपालिका २ दर्लिङ्गका विद्यार्थीलाई न्यानो कपडा तथा स्कुल झोला वितरण गरिएको छ । एनएमबि बैंक लिमिटेड तम्घास शाखाले जन जागरण प्राबिका विद्यार्थीलाई न्यानो कपडा तथा स्कुल झोला वितरण गरेको हो । यो कार्यक्रमको समन्वय एकीकृत ग्रामीण बिकास समाज गुल्मीले गरेको हो ।

सँस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बिधालयका ९० जना विद्यार्थीलाई कपडा र झोला वितरण गरिएको एनएमबि बैंक तम्घास शाखा प्रमुख प्रबिन अधिकारी बताए । मालिका गाउँपालिका प्रमुख रित बहादुर थापा र एनएमबि बैंक प्रदेश ५ प्रमुख दिलिप बिक्रम शाहले विद्यार्थीलाई झोला र न्यानो कपडा वितरण गरेका थिए ।

बिधालयका प्रध्यानाध्यापक युवराज बोहोराले बिकट र बिपन्न गाउँका विद्यार्थी जाडोमा कपडा नभएका कारण बिधालय उपस्थित नहुने बिडम्बनाको अन्त्य भएको बताए । बोहराले ७५ प्रतिशत दलित र २५ प्रतिशत जनजाति विद्यार्थीले बिद्यालयमा अध्ययन गर्दै आएको बताए । नेटा दर्लिङ माबिका प्रध्यानाध्यापक यमलाल अर्याल र स्थानीय रबिन्द्र बिकले बिपन्नताको कारण ३ कक्षा पढेर भारत काम खोज्न जानुपर्ने अवस्था गाउँमा भएकाले विकासको मुल प्रबाहमा दर्लिङ्गलाइ अगाडी बढाउन अनुरोध गरे।

बैँकका प्रदेश प्रमुख दिलिप बिक्रम शाहाले बिकटमा आएर बैंकले विद्यार्थीको लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । एकीकृत ग्रामीण बिकास समाजका अध्यक्ष हिरा अर्यालले बालबालिकाको अवस्था देख्दा बैंकले सामाजिक न्याय गरेको अनुभुती भएको प्रतिक्रिया दिए । गाउँपालिका प्रमुख रित बहादुर थापाले जिल्लाका कैयन बिद्यालयकाबिच बैंकले सदरमुकामबाट करिब ५० किलोमीटर टाढाको बिद्यालय छ्नोट गरेर सहयोग पुराएको भन्दै आभार प्रकट गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ