गुल्मीमा जेसिवी दुर्घटना हुँदा तीन घाइते, एककाे अवस्था गम्भीर

हुमाकान्त पाेखरेल
गुल्मी, १७ मंसिर । गुल्मीमा जेसिवि दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्लाकाे मुसिकाेट नगरपालिका ४ इन्द्रेगाैडामा लु १ क २०८२ नम्बरकाे जेसिवि दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि धुर्काेट गाँउपालिका ४ जैसिथाेकका २९ बर्षिया पदम राना, प्युठानकाे गाैमुखि गाँउपालिका ३ बस्ने २२ बर्षिया कुमार घर्ती र अर्घाखाँचीकाे पाणिनी गाँउपालिका ३ का ३२ बर्षिया लक्षमण कुमाल रहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन बहादुर घलेले जानकारी दिनुभयाे । घाइते तीनै जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि बुटवल रिफर गरिएकाे छ ।

घर्ती र रानाकाे अवस्था सामान्य रहेपनि कुमालकाे अवस्था भने गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । जेसिवि सडकबाट करिब ३०० मिटर तल खसेकाे छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ