ट्रान्समिटर जलेपछि गुल्मी मुसिकोट १ मा विद्युत् सेवा अवरुद्ध

गुल्मी, साउन ११ । गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्युत सेवा अवरुद्ध बनेको छ ।

नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि वडा नं १ का झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएकाछन् ।

ट्रान्समिटर मर्मत सम्भार गर्न लगिएको हुँदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत् परियोजना सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।

यस्तै, जलविद्युत् सुचारु नभएपछि पौदीअमराई क्षेत्रभित्र रहेका कलकारखाना, उद्योग धन्दा, मोवाइल फोन, कुटानी पिसानी, बिजुली बत्ती सञ्चारमाध्यमलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ