गुल्मीमा सूचना अधिकारीले आधा सूचना दिने गरेको गुनासो

अनिल खत्री
९ मंसिर, गुल्मी । सूचना अधिकारीले सुचना माग्दा आधा सूचना मात्रै दिने गरेको गुल्मीका सरोकारवालाहरुले बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा जिल्ला स्थित जनप्रतिनिधी कार्यालय प्रमुख, सूचना अधिकारी, अधिकारकर्मी एवं संचारकर्मी लगायत नागरिक समाजका प्रतिनिधिहरुसँग सूचनाको हक सम्बन्धी अन्तक्रिया राखिएको हो ।

कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, नेपाल वार एसोशिसन गुल्मीका अध्यक्ष गोपाल खनाल, नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डे लगायतले कार्यालयहरुमा सूचना अधिकारी तोक्ने परिपार्टी भएपनि कार्यालयको पुरा जानकारी दिन नसक्ने गरेको बताउनु भयो । मागेजति जानकारी नपाउदा अत्यामा कार्यालय प्रमुखबाटै सूचना लिन पर्ने गरेको बताउनु भयो ।

सूचना अधिकारी र कार्यालय प्रमुख बिच समन्वयकारी भूमिका नुहदा पनि सुचना अधिकारीले मागे अनुसार सूचना दिन नसकेको भनाई थियो । सूचना दिने हक अधिकार कानुनमा व्यवस्था भएपनि नागरिकको निम्ती सरल नभएको बताउनु् भयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुत्त यसोदादेबी तिमलसिनाले सूचना केहो, सूचनाको हक अधिकार केके बारे जानकारी गराउनु भयो । सूचना कसरी लिन सकिन्छ, दिन मिल्ने सूचना, दिन नमिल्ने सूचना लगायतका बारेमा जानकारी गराउनु भयो । उहाँले सबै संघ संस्थाले आफना सुचनाहरु नागरिकले चाहेको खण्डमा सहजै रुपमा जनतालाई दिने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका गुल्मीक नगरप्रमुख डिल्लीराज भुसालले सूचना दिने सवालमा अधिकत्तम प्रयोग गरेको बताउनु भयो । उहाँले आफना गतिबिधीलाई सार्बजनिकरण गरेरै कार्यक्रम गर्ने गरेको भुसालको भनाई छ ।

गुल्मी जिल्लामा सूचना लिने सवाललमा कुनै पनि कमी नरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको भनाइ थियो । जिल्लामा हाल सम्म सूचना लिन नपाएका कुनै पनि घटना अर्थात उजूरी नभएको बताउनु भयो ।जिल्लामा सबै सूचना अधिकारीले आफना गतिबिधी चाहेको खण्डमा दिने र त्यसको लागि कार्यालय प्रमुखहरुले सहजीकरण गरेर अगाडी बढने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी निरौलाले जनाउनु भयो । उहाँले नागरिकले पाउनु पर्ने सूचनाको अधिकारलाई कुण्ठीत नगरि सूचना दिने व्यवस्था कत्ति पनि कमी नरहने प्रतिबद्ध रहेको निरौलाको भनाई थियो ।

अन्र्तक्रियामा जिल्ला स्थित बिभिन्न कायर्कालयमा प्रमुख, नागरिक समाज,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ