भारतले अतिक्रमण गरेको नेपाली भुमि फिर्ता माग्दै गुल्मीमा प्रर्दशन

मनोज कार्की
मंसिर ५, गुल्मी । “कालापानी, लिपुलेक हाम्रै हो भारतिय साम्राज्यबाद अन्त्य गर” भन्ने मुल नाराका साथ गुल्मीमा बिरोध प्रर्दशन गरिएको छ । नेपालको कालापानी , लिपुलेक जस्ता भुभाग भारतले अतिक्रमण गरेको भुमि फिर्ताको माग गर्दै गुल्मीमा राष्ट्रिय जनमोर्चा पार्टिले बिहिबार तम्घास बजारमा बिरोध प्रर्दशन गरिएको हो ।

भारतीय नक्सामा देखाएको नेपाली भुमिको मागमा पाल्पामा भएको बिरोध प्रर्दशन कार्यक्रमा प्रहरिले गरेको हस्तक्षेप प्रति सिङ्गो पार्टिनै दुखि भएको अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले बताए । बिरोध कार्यक्रममा बोल्दै नेपाल जस्तो गोेर्खालीको शाहस भएको देशमा भारतले आफ्नो सामा्रज्यबाद चलाउँन खोज्नु भारतको मुर्खता रहेको रेग्मीले दाबि गरे ।

कार्यक्रममा बोल्दै नेपालका भुभागहरु हस्तक्षेप गर्ने अधिकार कसैलाई नभएको र भारतले गरेको हस्तक्षेप प्रति राष्ट्रिय जनमोर्चा पार्टि गम्भिर रहेको अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले बताईन् । देशको कालापानी , लिपुलेक लाई पनि आफ्नो नक्सामा पार्दै आएको अब नेपाली भुमि फिर्ता नगरेमा भारत संग लड्न पार्टि तयार रहेको बताईएको छ । सामा्रज्यबादको अन्त्य नेपाली भुमिको फिर्ता लिनको लागि सबै नेपालीले साथ दिन राष्ट्रिय जनमोर्चा पार्टिले आग्रह गरेको छ । बिरोध कार्यक्रमा कलाकार द्धारा जनबादी गित तथा नृत्य पस्तुत गरिएको थियो ।

बिरोध पर्दशन तम्घास बजार परिक्रम गरि जिल्ला प्रशासन कार्यालय गुल्मीको अगाडी आई कोण सभामा परिणत भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ