Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
फुल्लेल दम्पत्तिद्वारा तुलादानको रकम रेसुङा गौशालालाई प्रदान - Gulminews

फुल्लेल दम्पत्तिद्वारा तुलादानको रकम रेसुङा गौशालालाई प्रदान

टोपलाल अर्याल
गुल्मी, २७ कार्तिक । मान्छे भाग्यले चौरासी बर्ष पुग्छन् । ठुलो खुसी हुन्छ । त्यहि खुसीमा सक्नेले चौरासी पुजा गर्छन । आफन्त र इष्टमित्र बोलाएर दान दिने तथा भोज भतेर गर्ने प्रचलन छ । चौरासी पुजामा तुला चढ्ने अर्को अचम्मको परम्परा हिन्दु संस्कार रहेको छ । आफ्नो तौल बराबर सुन वा पैसा दान गर्नको लागि तुला दान गर्ने गरिएको छ । धेरैले त्यो तुलादानको पैसा आफन्त र इष्टमित्रलाई टिका लगाएर दिने गरेका छन् ।

तर अर्घाखाँची छत्रदेव गाउँपालिका ८ खसकोटका एक दम्पतीले तुलादानको पैसा समाज सेवामा खर्च गर्ने भएका छन् । खसकोटका शिवलाल फुल्लेल र कमला फुल्लेलले रेसुङ्गा गौशलाको व्यावस्थापनको निम्ती तुलादानको पैसा खर्च गर्ने निर्णय गरेको नाति सुरज पोख्रेलले जानकारी दिए । फुल्लेल दम्पतीले कार्तिक २६ गते चौरासी पुजा गरेका छन् । सोहि अवसरमा आफ्नो तौल बराबरको २३ हजार सात सय रुपैयाँ रेसुङ्गा गौशाला संरक्षण समितिलाई प्रदान गर्ने निर्णय गरेको पोख्रेलले बताए । त्यो रकम रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मंगलबार फुल्लेल दम्पतीले घरमै हस्तान्तरण गरेका छन् । अहिले गौशालाको नाममा अक्षयकोष स्थापना गरेर रकम राख्ने र पछि रकम थप गदै लैजाने छोरा दिनेश फुल्लेलले बताए ।

अक्षयकोषको व्याजबाट गाईहरुलाई दाना पानी तथा अन्य व्यावस्थापन गरिने फुल्लेलले बताए । रकम बुझ्दै मेयर भुसालले यो काम सामाजिक हितमा भएकाले फुल्लेल दम्पतीको दिर्घ जीवनको शुभकामना व्यक्त गरे । उनले यो परिवारले जस्तै सवैले सामाजिक भावान देखाउनुपर्नेमा जोड दिए । चौरासी पुगेका फुल्लेल दम्पतीका एक छोरा र दुई छोरी रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D