गुल्मीमा पहिलो पटक निशुल्क बाथरोग शिविर, दुई सय बढिले सेवा लिए

टोपलाल अर्याल
गुल्मी, २३ कार्तिक । गुल्मीमा पहिलो पटक निशुल्क बाथरोग शिविर सम्पन्न भएको छ । शुभलक्ष्मी फर्माको आयोजनामा शनिबार निशुल्क बाथरोग शिविर संचालन गरिएको थियो । शिविरमा नेशनल बाथरोग सेन्टर रातोपुल काठमाण्डौका बरिष्ठ बाथरोग बिशेषज्ञ डाक्टर बिनित बैद्य लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा दुई सय चार जनाको निशुल्क बाथरोगको परिक्षण गरिएको शुभलक्ष्मी फर्माका प्रोपाइटर होम पल्लीले बताए ।

गुल्मीसहित अर्घाखाँची, बाग्लुङ्ग र प्युठानबाट स्थानीयले शिविरबाट सेवा लिएका छन् । बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण तथा निशुल्क रगत जाँच गर्न पाएकोमा ग्रामीण भेगबाट आएका थुप्रै स्थानीय खुसी भएका थिए । शिविरमा आएका अधिकांशमा हड्डी खिइएको, हात खुट्टा झमझमाउने, पोल्ने र नशाको लक्षण भेटिएको नेशनल बाथरोग सेन्टर रातोपुल काठमाण्डौका बरिष्ठ बाथरोग बिशेषज्ञ डाक्टर बिनित बैद्यले बताए । उनले बाथरोग लागेको लक्षण देखिएको तीन महिनामै उचित उपचार पाए निको हुने बताए । ‘गाउँमा हात खुट्टा दुखे खानामा दोष दिने वा गाउँले उपचार खोज्ने प्रवृतिले अधिकांश फसेका छन्,’बैद्यले भने,‘छिटो उपचार गरे तम्घासमै निको पार्न सकिन्छ ।’

बैद्यले पहाडमा दौडधुप धेरै गर्ने, ठुलो भारी बोक्ने, आराम नगर्ने र खानामा ख्याल नगर्ने गरेकोले धेरैमा हड्डी खिइने समस्या धेरै रहेको बताए । नेशनल बाथरोग सेन्टरले पछिल्लो समय वेवबेस क्लिनीक सेवा समेत सुरु गरेको छ । यो सेवा गुल्मीमा पहिलो हो । केहि समयमा लमजुङ र गोरखामा पनि संचालन गर्ने योजनामा रहेको उनले बताए । अब बाथरोगकै लागि काठमाण्डौ पुग्नु पर्दैन् ।

बाथरोगको सुरुमा शुभलक्ष्मी फर्माको वेवबेस क्लिनीमा उपचार हुन्छ । त्यसको अपडेट रिर्पोट अनलाइनमै नेशनल बाथरोग सेन्टरमा पठाइने शुभलक्ष्मी फर्माका प्रोपाइटर होम पल्लीले जानकारी । पल्लीका अनुसार नेशनल बाथरोग सेन्टरमा पठाएको रिर्पोट बिशेषज्ञ डाक्टरहरुले हेर्नछन् । त्यसपछि आएको सुझावको आधारमा फेरी थप उपचार अगाडी बढाउने उनले बताए । शुक्रबार गुल्मी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई बाथरोगको पहिचान र सुरुवाती उपचारको बिषयमा नेशनल बाथरोग सेन्टर बिशेषज्ञ डाक्टर बिनित बैद्य सहितको टोलीले प्रशिक्षण दिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ