उच्च शिक्षा संचालनको लागि परदेशीले दिए साढे पाचँ लाख 

हुमाकान्त पोखरेल
गुल्मी, २३ कार्तिक । रोजगारीको लागि विदेश गएका युवाहरुले गाउँको विद्यालयमा उच्च शिक्षा संचालनको लागि रकम प्रदान गरेका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधाराका युवाहरुले गाउँकै गणेश माध्यमिक विद्यालयमा कक्षा ११ र १२ संचालनको लागि पाँच लाख ५५ हजार ५५५ प्रदान गरेका हुन् । उनीहरुले गठन गरेको ‘पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल’ मार्फत संकलन गरिएको रकम विद्यालयलाई प्रदान गरिएको महासचिव अमृतकुमार के.सी.ले जानकारी दिए ।

महासचिव के.सी.ले आफुहरु रोजिरोटी चलाउनकै लागि विदेश जान बाध्य भएपनि आगामी पुस्ताले आफुहरु जस्तै रोजगारीकै लागि विदेश धाउन नपरोस् भन्ने उदेश्यले रकम प्रदान गरिएको बताए । त्यसका साथै उनले आफुहरु जहाँ भएपनि सामुदायिक विद्यालयको नजिता राम्रो भएको हेर्न र सुन्ने इच्छ्या भएको बताए । उक्त सँस्था रोजगारीकै लागि भारत, मलेसिया, कोरिया लगायतका १४ वटा देशमा रहेका पिपलधाराका युवाहरुद्धारा संचालित छ ।

गणेश माध्यमिक विद्यालयमा यसै बर्षदेखि प्लस टु संचालनमा आएको छ । जसअन्तरगत पहिलो बर्ष कक्षा ११ मा शिक्षा संकाय र कमर्स संचालन गरिएको प्रध्यानाध्यापक बाबुराम खनालले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ