gulminews logo
मंगलवार, २०८१ बैशाख १८

इस्माको बेलटारीमा पाइप चोरी भएपछि खानेपानी संकट

टोपलाल अर्याल

२२ कार्तिक। इस्मा गाउँपालिका ३ दर्लामचौरको बेल्टारी खानेपानी पाइप चोरी भएको छ । कार्तिक १९ गते राती पाइप चोरी भएको स्थानीय वीर बहादुर खत्रीले जानकारी दिए । खानेपानी मुहान खालबोटदेखि बेल्टारीसम्मको साढे तीन सय मिटर पाइप एक्कासी चोरी भएको खत्रीले बताए । उनले पाइप चोरी भएपछि बेल्टारीका १०र१२ घरले खानेपानी ल्याउन खोला धाउने स्थिति आएको बताए ।

पाइप चोरी भएको विषयमा इस्मा चौकीमा खबर गरेर बुधबार र बिहिवार खोज अनुसन्धान गरे पनि पत्ता नलागेको वडाअध्यक्ष तोयनाथ शर्मा सापकोटाले बताए । त्यो गाउँमा सिमित घर छन । खोला र जङ्गलमा समेत खोजतलास भएको छ । तर पाइप भेटिएको छैन । त्यति धेरै पाइप एक्लै सम्भब नभएकाले बाहिरकै व्यत्तीले चोरेको हुनसक्ने नेकपा इस्मा गाउँपालिका ३ का अध्यक्ष प्रेम भुसालले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D