गाउँको मन्दिरमा नि:शुल्क ४ वटा सिसिटिभी क्यामरा जडान

सन्जु काउछा
गुल्मी, कार्तिक ११ । छत्रकोट स्थित एक मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको छ । छत्रकोट गाउँपालिका वार्ड नं ४ दिगाम थुम्कामा रहेको शिद्व शिव मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको हो ।

बुटवल चौराहा स्थित नेट अन आईटि सोलुशनका संचालक दिगाम लम्सेकका मधु पन्थले झन्डै ३३ हजार रुपैँया बराबरको ४ वटा सिसीटिभी क्यामरा नि:शुल्क जडान गरेको गुल्मीन्युजलाई जानकारी दिए । सिसिटिभी क्यामराको एक कार्यक्रममा बिच उदघाटन पनि गरिएको छ ।

कार्यक्रमामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हुमकला पाण्डे, सचिव शान्तराम पोखरेल, कोषाध्यक्ष रबिलाल सुबेदी, वडा नं. ४ का वडा अध्यक्ष डिलाराम न्यौपाने र मन्दिरका पूजारी राम प्रसाद पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

पन्थलाई सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष हुमकला पाण्डेले बताईन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ