रिडिमा भजन महोत्सव र शंख बजाउने प्रतियोगिता हुने, असल बुहारीलाई पनि सम्मान

गुल्मी, कार्तिक ०६ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा यसपटक पनि भजन महोत्सव हुने भएको छ । रुरु धार्मिक सेवा सन्चार प्रालिको आयोजनामा पाँचौ भजन महोत्सव तथा भजन प्रतियोगिता गर्ने भएको हो । आगामी मंसिर १५ गते बिवाह पञ्चमीको अवसरमा महोत्सव हुने भएको रुरु धार्मिक सेवा सञ्चार प्रालिले जनाएको छ ।

महोत्सवमा विगतका वर्षहरु जस्तै दोहोरो शंख बजाउने प्रतियोगिता, जेष्ठ नागरिक सम्मान, पत्रकार सम्मान, उत्कट कृषक सम्मान, दानवीर सम्मान सहित असल बुहारीलाई समेत सम्मान गर्ने कार्यक्रम तय भएको कार्यक्रमका संयोजक चुरामणी तिमिल्सिनाले बताए । उनका अनुसार भजन प्रतियोगितामा प्रथम पुरस्कार १० हजार रुपैँया र प्रमाणपत्र, द्वितीय पुरस्कार ५ हजार रुपैँया र प्रमाणपत्र, तृतीय पुरस्कर ३ हजार रुपैँया र प्रमाणपत्र र सान्त्वना पुरस्कार २ हजार रुपैँया र प्रमाणपत्र प्रदान गरिने र सहभागिलाई पनि एक हजार रुपैँया पुरस्कार दिइने छ ।

यस्तै शंख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार १५०० सय रुपैँया र प्रमाणपत्र, द्वितीय पुरस्कर १ हजार रुपैँया र प्रमाणपत्र, तृतीय पुरस्कार ७ सय रुपैँया र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार २ जनालाई ५-५ सय रुपैँया प्रदान गरिनेछ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत तिन जिल्लाका वृद्धहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । साथै सम्पुर्ण संमाननित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष तिमिल्सिनाले बताए । नेपालमै फरक खालको कार्यक्रम गर्ने भएको हुदाँ रुरु धाम रिडिमा कार्यक्रम अवलोकन गर्न आउने भक्तजनका लागि भन्डाराको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा पृतीहरुको सम्झनामा श्रीमत भागवत पाठपारायण, बेद, चन्डी पाठ हवन शिवजीको पुजा तथा गह्रशान्ति समेत गरिने छ । कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ