गुल्मीका कोतहरुमा धुमधामका साथ फुलपाती भित्राइयो

टोपलाल अर्याल
गुल्मी, १८ असोज । नवरात्रको सातौ दिन । घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा फुलपाती भित्राइएको हो । शुभ साइतको प्रतीकका रुपमा धानको बाला, बेलपत्र, उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा मिसाएर फुलपाती दशै घरमा पु¥याउने परम्परा छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्राइने इस्माकोतका मुल पुजारी श्यामलाल अर्यालले बताए ।

इस्मा कोतबाट दुई क्षेत्री र एक ब्रहामण फुलपाती लिन षष्टीको दिन इस्मारजस्थलको चाँपटारी रातामाटा पुग्छन् । उपवास बसेर बेलपत्रको पुजा गरेपछि सप्तमीमा दिन इस्मा मैदानमा फुलपाती ल्याइन्छ । साइतमा इस्मा कोतबाट बाजागाजासहित मैदान झर्ने र खड्गमन्दिरका रहेका खडग देवतालाई मैदानमा निकालेपछि नेपाली सेनाले सलामी दिने गर्दछ । त्यसपछि इस्मा कोतघरमा लगेर फुलपाती भित्राउने अर्का पन्डित शोभाखर अर्यालले बताए ।

त्यस्तै मुसिकोट दरवारमा पनि विधिपुर्वक फुलपाती भित्राउने प्रचलन रहेको छ । षष्टीका दिन मुसिकोटका गोदारे थापाहरुले बडिघाट पार कुर्घा बेल्टारी गएर धानको बाला, बेलपत्र र अन्य फुलपाती ल्याएर मैदानमा राख्छन् । सप्तमीको दिन बाजागाजासहित मैदान जाने र फुलपाती ल्याएर मन्दिरमा भित्राएपछि भद्रकालीको पुजा गरि भेडोको बलि दिने पण्डित हरि प्रसाद घिमिरेले बताए ।

धुर्कोट कोतमा पनि जैसिथोक स्थित बाटुले भन्ने ठाउँबाट फुलपाति ल्याएर भित्राउने गरिन्छ । षष्टीका दिन फुलपाति लिन गएका व्यक्ति कसैसँग पनि बोल्दैनन् । खवार अथवा रोकाहा थर गरेका एकजनाले फुल ल्याउने गर्दछन् । त्यसरी लिएर आएको फुललाई कोतभन्दा केहिभाग तलबाट बाजागाजासहित मन्दिरमा लगिन्छ र एउटा बली चढाएर मात्र मन्दिरभित्र भित्राउने परम्परा रहेको पुजा समितिले जनाएको छ । त्यस्तै चन्द्रकोटमा पनि फुलपाती भित्राउने गरिन्छ । नेपाल एकीकरणमा राजा धपाएपछि रानी सति गएको ठाउँ सतिपोखरा भन्ने ठाउँबाट फुलपाति ल्याएर कोत घरमा धार्मिक विधीपुर्वक भित्राउने परम्परा रहेको छ ।

पट्टा र मालश्री लोप हुदै

धैरै कोत घरमा फुलपाती ल्याएपछि पट्टा खेल्ने र मालश्री गाउने चलन छ । पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच लोप हुँदै गएको छ । इस्मामा चाँपटारीबाट फुलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारीहरु झरेपछि मैदानमा करिव डेढ घण्टा रोचक पट्टा नाँच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको पट्टा नाचमा अब्बल खुम बहादुर बस्नेतले बताए । यो परम्परा अरु कसैको लागि हो भन्ने मानसिकताको कारण अहिले त्यो प्रथा परम्परा लगभग हराएको उनले बताए । यो रोचक नाच र गीत पाको पुस्तासंगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताए । आफुहरुले सिकेको मालश्री अब आफुहरु पछि गाउने कुनै व्यक्ति वा समुदाय नभएको मालश्री गाउँदै आउनुभएका इस्मा रजस्थलका शोभाखर पैयानीले बताए । त्यस्तै सरायँ नाच पनि उस्तै अवस्थामा छ ।

युवा आकर्षण कम

सिक्ने र सिकाउने पुस्ताबिचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको स्थानीय टीका बहादुर थापाले बताए । उनले पुरानो पुस्तालाई मालश्री र पट्टा खेल्न सिकाउनुपर्नेमा जोड दिए । फुलपातीमा मात्रै नभएर अष्टमी, नवमी, दशमी र त्यसपछिका मेलाहरुमा पनि स्थानीयहरुको त्यति धेरै उत्साह देखिदैन् । पञ्चेवाजा बजाउने समुदाय आफैमा बिभाजित छन् । कोत घरमा पुजा गर्ने ब्राहमण परिवारहरुमा पनि पुजालाई निरन्तरता दिन मुस्किल छ । समिति पनि अब्बल छैन् । नागरिकमा यो संस्कृति र परम्परा मेरा लागि नभएर अरु कसैको लागि भन्ने भावना विकास भएका कारण पनि लोपको संघारमा छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D