गुल्मीमा पहिलो पटक फोटो प्रदर्शनी हुने, पहिलो हुने फोटोलाई १५ हजार रुपैँया पुरस्कार

टोपलाल अर्याल
गुल्मी, ९ असोज । गुल्मीमा पहिलो पटक फोटो प्रदर्शनी आयोजना गरिएको छ । गुल्मी उद्योग बाणिज्य संघले १५ कार्तिकबाट आफ्नै सभाहलमा प्रर्दशनीको आयोजना गरेको हो । जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उदेश्यले फोटो प्रर्दशनी राखिएकाले पत्रकार तथा फोटोग्राफरहरुलाई सक्रिय सहभागीता जनाउन गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले आग्रह गरे ।

प्रर्दशनीमा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको फोटा राखिने छन् । प्रर्दशनीले सरकारले आयोजना गरेको भ्रमण बर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास आफुहरुको रहेको भलामी बताए ।

पत्रकार सम्मेलनमा बोल्दै भलामीले आगामी १६ फागुनदेखि २५ सम्म गुल्मी महोत्सव र एक बर्षभित्र लगानी सम्मेलन आयोजना गर्ने योजनामा आफुहरु रहेको बताए । फोटो बुझाउँदा त्यसको उचित क्यापसन समेत हुनुपर्ने संघले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश: १५, १० र सात हजार रुपैँया उपलब्ध गराइने बाणिज्य संघका महासचिव तारा भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ