गाई हत्याको बिरोधमा गुल्मीमा प्रर्दशन, सिडियोलाई ज्ञापनपत्र बुझाईयो

अनिल खत्री
१८ भदौ, गुल्मी । गौ हत्या भएको भन्दै गुल्मीमा प्रर्दशन भएको छ । दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर गाइहरु मारेको बिरोधमा बुधवार बिश्व हिन्दु महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको हो ।

बाँके र नेपालगन्ज लगिएका गाईहरु दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर दर्जनौं गाईहरु मारेका थिए । जिल्ला सदरमुकाम तम्घासमा निकालिएको प्रर्दशनमा बिभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु सहित बजार परिक्रमण गरेका थिए ।

गौ हत्या गर्ने अपराधीलाई सरकारले अविलम्ब कठोर कारवाही गर्न माग गरेका छन् । सुनियोजित रुपमा गौंहत्या भएको भन्दै जनताको अस्था र धर्ममाथी प्रहार भएको बिश्व हिन्दु् महासंघ गुल्मीले प्रर्दशन गरेको अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।

प्रर्दशन पश्चात गौंहत्यारालाई कारावाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापनपत्र समेत पठाइएका छन् । हिन्दु धर्ममा गाईलाई माताको रुपमा पुज्ने गरिन्छ । गाईसँगै पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ