नेकपा गुल्मीले तोक्यो बिभिन्न जिम्मेवारी

अनिल खत्री
११ भदौ, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी गुल्मीले स्थानीय तहमा एन्चार्ज र सह–इन्चार्ज तोकेको छ । जिल्ला सदरमुकाम तम्घासमा नेकपा केन्द्रिय स्थायी कमिटि एवं ५ नम्बर प्रदेश इन्चार्ज शंकर पोखरेल, प्रदेश सचिव जगप्रसाद शर्मा, जिल्ला इन्चार्ज दिनेश पन्थीको सहभागितामा सम्पन्न बैठकले जिल्ला कार्यदल, सचिवालय र स्थानीय तहमा इन्चार्ज र सह–इन्जार्जको टुंगो लगाएको हो ।

जिल्ला कार्यदल समिति सात सदस्यीय गठन गरिएको छ । जसमा पार्टी जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, सचिव वीरबहादुर कार्की, जिल्ला सदस्यहरू बालसिहं काउछा, कृष्ण सुनार, हिरा एसि, भुपाल पोखरेल र ज्ञानकुमार बुढा रहेको नेकपा गुल्मीले जनाएको छ ।

बैठकले ४९ सदस्यीय जिल्ला सचिवालयको गठन गरेको छ । जिल्लाका स्थानीय तहमा ईन्चार्ज र सह–इन्चार्ज पनि तोकेको छ । जसअनुसार कालिगण्डकी गाँउपालिकामा तेजेन्द्र सलामी इन्जार्ज र झवि पाण्डे सह–इन्चार्ज भएका छन् ।

सत्यवती गाँउपालिकामा अमर न्यौपाने इन्जार्ज र यमु गैरे सह–इन्चार्ज, चन्द्रकोटमा सिर्जना तरामु इन्चार्ज र चेतन बस्नेत सह–इन्चार्ज भएका छन् । छत्रकोटमा विष्णु पौडेल इन्चार्ज र लोकनाथ पाण्डे सह–इन्चार्ज, धुर्काेटमा कृष्ण घिमिरे इन्चार्ज र चन्द्र विक सह–इन्चार्ज, मदानेमा वेगम चन्द बोहोरा इन्चार्ज र केशव चन्द बोहोरा सह–इन्चार्ज भएका छन् ।

इस्मामा दल बहादुर विक इन्चार्ज र चुरा बहादुर विष्ट सह–इन्चार्ज, रेसुंगा नगरपालिकामा अशोक थापा इन्जार्ज र कृष्ण भण्डारी सह–इन्जार्ज भएका छन् । रूरू गाँउपालिकामा हिमाल श्रेष्ठ, गुल्मीदरबार गाँउपालिकामा शेर बहादुर सर्तुङ्गे मगर, मालिका गाँउपालकामा ज्ञान कुमार बुढा र मुसिकोट नगरपालिकामा जीवन खरेल इन्जार्ज भएका छन् ।

स्थानीय तहमा अबको केही समयभित्रै सह–इन्चार्जको टुंगो लगाइने नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । पार्टीको बैठकले जिल्लाको बार्षिक कार्ययोजना पनि पारित गरेको छ । जसमा नियमित बैठक, प्रशिक्षण, स्थानीय सरकारलाई सहजिकरण तथा राम्रो कामको प्रचार–प्रसार आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D