एक घर एक धारा नारामै सिमित: रेसुङ्गा नगरपालिका भित्रै डोकोमै पानी बोक्नुपर्ने दैनिकी

सन्तोष महतारा
गुल्मी, भदौ ५ । बिहानै चार बजे उठ्छन् । उठ्नेबित्तिकै पानीको नै चिन्ता हुन्छ । अनि डोको, नाम्लो र गाग्रो जुटाउन तर्फ लाग्छन् । उनी उतै कुवातिर हातमुख धुने गरी खानेपानी लिन जान्छन् । यो रेसुङ्गा नगरपालिका वडा नम्बर चार पाण्डे भण्डारी टोलका चुरामणी भण्डारीको पछिल्लो दैनिकि हो । अहिले उनी ४८ बर्षका भए । पानी बोकेर नै आधा भन्दा बढी उमेर वित्यो ।
उनी मात्रै होइन सोही ठाउँकै बलाराम भण्डारीको पनि अवस्था त्यहि नै छ । विहानै उठ्ने वित्तिकै खानेपानी कै पिरलो हुन्छ, सेउघा जोगिथुमका अधिकांश परिवारलाई । उनीहरु पानी कै समस्याले चौविसै घण्टा पिरोलिन्छन् । संघियताले छोएको छैन नगरपालिका भित्रैको यो टोललाई ।

नगरपालिकाको वडा नम्बर चारका प्राय ठाउँमा खानेपानीको समस्या छ । पाण्डे भण्डारीटोलमा डोको लिएर बोक्नै पर्ने अवस्था भएको त्यहाँकी महिला स्वास्थ्य स्वंसेविका कमला पन्थीले बताइन् । भने जोगिथुम र सेउघामा खानेपानीको अवस्थालाई केहि सघाउ पुग्ने गरी आठ घरपरिवार बराबर एक धाराको ब्यवस्था गरिएको वडाध्यक्ष बिजय मरासिनिले बताए ।

सरकारले एक घर एक धाराको नीति ल्याएपनि जोगिथुम र सेउघामा खानेपानीको चरम समस्या हुँदा आठ घर बराबर एक धारा ब्यवस्था गरिएको उनले बताए । वडाध्यक्ष मरासिनिले आफ्नो कार्यकालमा नै खानेपानीको समस्याबाट वडा मुक्त हुने प्रतिक्रिया दिए । गुल्मीका बिभिन्न स्थानमा बर्खाको समयमा समेत खानेपानीको चरम समस्या हुदै गइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ