श्रीकृष्ण जन्माष्टमीको अबसरमा रेसुङ्गा नगरपालिकाद्धारा सार्बजनिक बिदा

अनिल खत्री
५ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा पारेर सार्बजनिक बिदा दिने भएको छ । भदौ ६ गते शुक्रवार परेको श्रीकृष्ण जन्माष्टमीको दिन सार्बजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत भत्तीराम मरासिनीले बताए ।

बिहिवार बसेको कार्यपालीकाको बैठकले हिन्दु धर्मालम्बीको श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा पारेर एक दिन सार्बजनिक बिदा दिने निर्णय गरेको मरासिनीले बताए । शुक्रवार श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो ।

श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ