वर्ताको ढोका सधै खुल्ला छ : मन्त्री ज्ञवाली

हुमाकान्त पोखरेल
गुल्मी, ३२ साउन । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले आन्दोलनरत विप्लव समुहको नेकपा माओवादीसँग वार्ताको ढोका सधै खुल्ला रहेको बताएका छन् । शनिवार गुल्मीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा विप्लप माओवादीसँग वार्ता गर्न सरकार सधै तयार रहेको बताएका हुन् । ‘विगतका दिनहरुमा सरकारले वार्ताको लागि धेरै पहल ग¥र्यो, तर सरकारको प्रयासलाई उहाँहरुले कमजोरीको रुपमा लिनुभयो ।’ मन्त्री ज्ञवालीले भने, ‘अझै पनि वार्तामा आए उहाँहरुलाई स्वागत गर्दछौ ।’ विगतमा माओवादीको शसस्त्र युद्धको समेत वार्ताकै माध्यमबाट समाधान भएकोले अहिलेको समस्या पनि वार्ता र छलफलकै माध्यमबाट समाधान खोजिने बताए । नेकपा विप्लप माओवादीले वार्तामार्फत समाधान खोजेमा ‘रेर्ड कार्पेट’ विछ्याएर स्वागत गर्ने बताए । तर नागरिक, सरकारी सम्पत्तिमाथि तोडफोड जस्ता क्रियाकलाप गरेमा राज्यले कठोर निर्णय लिने बताए ।

पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली

अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले अहिलेसम्मको कार्यकालमा सरकार सफल भएको दाबी गरे । पहिलो बर्ष विकासको आधार बर्ष भएकोले धेरै उपलब्धि नदेखिएको उनले बताए । तर आगामी दिनहरुमा विकासका कामहरुको प्रतिफल आउने बताए । ‘संविधान र संघियताको सफल कार्यान्वयन गरेका छौँ, आर्थिक बृद्धिमा पनि सुधार गरेका छौ ।’ उनले भने, ‘देशले विकासको मार्ग समाएको छ ।’ साथै कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक सम्बन्ध सुधार जस्ता महत्वपूर्ण काम सरकारले गरेकोले अब थप नयाँ योजनाका साथ अगाडी बढ्ने बताए । पहिलो बर्ष नै वैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या ३७ प्रतिशतले घटेको, वैदेशिक लगानीमा बृद्धि भएको जस्ता सुधारका काम गरिएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ