गुल्मीमा हुँदैछ यस्तो महायज्ञ: २१ करोड दिप प्रज्वलन, १ करोड शिवलिंग अनी ५ लाख भन्दा बढी भक्तजन

गुल्मी, श्रावण ४ । नेपालमै पहिलो पटक हुन लागेको दाबी गरिएको ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लिलामय श्रीमद्भागवत, पितृ मोक्ष, विराट ज्ञानमहायज्ञ हुने भएको छ ।

ऐतिहासिक तथा धार्मिक क्षेत्र रुरु क्षेत्र धाम रिडी गुल्मीमा हुने विराट ज्ञानमहायज्ञमा प्रमुख वाचक विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराज श्री बाट भागवत कथा प्रवचन हुने बताईएको छ ।

यहि आउँदो भदौ २८ गतेदेखि असोज १७ गतेसम्म सञ्चालन हुने ज्ञानमहायज्ञ सोह्र श्राद्धको पावन अवशरमा सम्पुर्ण पितृहरुको विधिवत श्राद्ध गरी उद्धार गरीने,एक्काइस करोड दिप प्रज्वलन गरिने,देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त संगीतमय र लिलामय कलाकारहरुको उपस्थिति रहने बताईएको छ ।

महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरुको उल्लेखीय सहभागीता गराउने लक्ष्य राखिएको बताईएको छ । यस महायज्ञबाट रुरु क्षेत्रधाम पनि पनि बिशेष प्रचारप्रसारका साथै यसको महिमा बढ्ने बिश्वास व्यक्त गरिएको छ ।

महायज्ञका प्रमुख आर्कषणहरु के–के छन् ?

सोह्र श्राद्धको पावन अवशरमा सम्पुर्ण पितृहरुको विधिवत श्राद्ध गरी उद्धार गरीने । एक्काइस करोड दिप प्रज्वल गरिने छ । कोटी (एक करोड) पार्थिव शिव लिङ्ग निर्माण गरी पुजन गर्ने । काशी (वनारस) हरिद्धार र पशुपतिनाथमा जस्तै प्रत्येक दिन कालीगण्डकी गंगाको बिशेष सन्ध्या गरिने छ ।

करिब ५१ हजार भन्दा बढिको तुलादान गरिने,बताईएको छ । एक सय आठ तिर्थस्थलको जलसहित हेलिकपटरबाट पुष्प वृष्टि गरिने । ५१ सय कलश पुजन गरीने प्रत्येक घरबाट आ–आफ्नो जमिनको माटो ल्याई यज्ञस्थलमा भूमि पुजन गरिने, ११ हजार भन्दा बढी स–साना कन्याहरुको पुजन गरिने,बताईएको छ ।
करिब २५ हजार भन्दा बढि सत्तरी वर्ष भन्दा माथि उमेर पुगेका नागरीकहरुलाई सम्मान् गरिने तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरु तथा शारिरीक अशक्ता भएका व्यक्तिहरुको सम्मान् गरिने छ । प्रत्येक दिन सुमधुर प्रवचन,दिव्य झाँकी,नृत्य र रोचक एवं सन्देश मूलक नाटक प्रस्तुत गरिने तथा देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त संगीतमय र लिलामय कलाकारहरुको उपस्थिति रहने बताईएको छ ।

पहिलो पटक एकै ठाउँमा नयाँ जोडिको विवाह गराइने

विवाह गर्न इच्छुक तथा कानुनी रुपमा उमेर पुगेका जोडीहरुको चाहना भएमा महायज्ञमै विवाह गराईदिने प्रमुख वाचक तथा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता वाल योगेश्वर महाराज श्रीले बताउनुभयो । महायज्ञत्रमा पुजनका लागि रु २ हजार १ सय रुपैँया भेटि स्वरुप चढाउनु पर्ने छ ।

धार्मिक अनुसार विवाह पनि रु २ हजार १ सय सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘अहिले विवाह गर्दा धेरै पैसा खर्च गर्ने गरेको पाइन्छ । महायज्ञबाट विवाह गर्दा धेरैको आर्शिवाद् पनि पाइन्छ ।’ धर्म पनि प्राप्त हुने उहाँले बताउनुभयो । यस्तो कार्य नेपालमै पहिलो पटक हुन लागेको पनि उहाँले जानकारी दिनुभयो । समाचार सौजन्य: रेडियो रेसुंगा

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ