रेसुङ्गा बहुमुखी क्याम्पसमा गुरूसम्मान कार्यक्रम सम्पन्न

हुमाकान्त पाेखरेल
गुल्मी, ३१ असार । गुरूपूर्णिमाकाे अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा गुरूसम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

क्याम्पसमा अध्ययनरत स्नातक तहका विध्यार्थीहरूकाे अायाेजनामा गुरूसम्मान कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विध्यार्थीहरूकाे तर्फबाट टीका र मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि क्याम्पस प्रमुख हरी बहादुर खत्रीले विध्यार्थीलाई सफल बनाउन शिक्षकाे भुमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । यस्ता सम्मान कार्यक्रमले बिद्यार्थी र शिक्षकबिच सुमधुर सम्बन्ध स्थापित भई पठनपाठनमा समेत सहयाेग पुग्ने उनले बताए ।

कार्यक्रममा प्रध्यापक लक्ष्मण प्रसाद रिजाल, पदम प्रसाद पाण्डे, कर्मचारीकाे तर्फबाट राम बहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बीबीएस चाैथाे बर्षका छात्र कमल कुँवरकाे अध्यक्षता, क्याम्पस प्रमुख खत्रीकाे प्रमुख अातिथ्यता, बीएड् चाैथाे बर्षकी छात्रा पुजा भुसालकाे स्वागत मन्तव्य तथा बिएड चाैथाे बर्षका छात्र हुमाकान्त पाेखरेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ