गुल्मी चारपाला-रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, असार २६ । गुल्मी चारपाला-रुपन्देही सम्पर्क समाजले बुधबार रक्त संचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विशेष गरी दिनप्रति दिन बढ्दै गएको सवारी दर्घटना तथा रक्त अभावमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान कार्यक्रम गरिएको हो ।

सम्पर्क समाजको आयोजनामा बुधबार सम्पन्न रक्तदान कार्यक्रममा ६८ जानाले रक्तदान गरेको सम्पर्क समाजका सचिव विकास टण्डनले बताएका छन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि रुपन्देही स्वयमशेवि रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतको अभावमा कसैले पनि आफ्नो जीवन गुमाउनु नपरोस र सबैभन्दा ठूलो मानविय सेवा रक्तदान भएको समेत बताएका थिए । चौहानले रगतको परिपूर्तिका लागि यस्ता कार्यक्रम नियमित रुपमा गर्नु पर्ने र कार्यक्रमको सफलताको शुभकामना समेत दिएका थिए ।

साथै कार्यक्रम उक्त सम्पर्क समाजका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै ज्ञवालीले रुपन्देहीमा भएको रगतको अभावलाई परिपूर्ति गर्नका लागि सम्पर्क समाजले अग्रणी भुमिका खेलेको र आगामी दिनहरुमा पनि नियमिति यस्ता कार्यक्रमहरु गर्ने प्रतिबद्धता जायर गरेका थिए ।

यसै गरी कार्यक्रममा बुटवल पब्लिक स्कुलका अध्यक्ष हेमलाल भुषाल, समाजसेवि लक्ष्मण अर्याल लगाएतले बोलेका थिए । कार्यक्रम सम्पर्क समाजका सचिव विकास टण्डन को सयोजकत्वमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ