रेसुङ्गा नगरका २३ युवालाई प्लम्बिङ तालिम

टोपलाल अर्याल
गुल्मी, १ असार । एसईइ दिएपछि धेरै बिद्याथीका आफ्नै योजना हुन्छन् । फुर्सदिलो तीन महिना कसरी बिताउने । रेसुङ्गा नगरपालिका ९ का अमन विकले भर्खरै ब्रिलेण्ट युनाइटेड एकेडेमीबाट एसइई परिक्षा दिए । उनी बाँकी समयका बारेमा अन्यौलनै थिए । सोहि बखत रेसुङ्गा नगरपालिकाले युवाहरुको लागि एक महिने पलम्बिङ्ग तालिम खोल्यो । अमनले आवेदन दिएर छनौट पनि भए । उनी फुर्सदिलो समयलाई सीपमा परिक्षणत गर्न पाएकोमा खुसी छन् । ‘तालिम नभएको भए त्यतिकै समय जान्थ्यो, अहिले हातमा सीप र प्रमाणपत्र पाएँ,’ उनले भने, ‘अब पढ्दै काम गरेर पनि ज्यान पाल्छु ।’

त्यस्तै रेसुङ्गा नगरपालिकाले १ का राजिब कुवरले नेपाल प्रहरीको असईमा पटक–पटक प्रतिस्प्रर्धा गरे । नाम निस्किएन । घर आए र एक महिले पलम्बिङ्ग तालिम लिए । उनलाई पनि पाखुरीमा सीप र मनमा हिम्मत पलाएको छ । स्नातक पढ्दै गरेका कुवंरले पढाई सकेर उद्यम गर्ने सोच बनाएका छन् । रेसुङ्गा नगरपालिका ५ का जिवलाल खनाल दुई महिना दुवै, पाँच महिना मलेसिया र पाँच÷छ बर्ष भारतमा रोजगारी गरेर गाउँ फर्किए । उनले सीप बिना स्वदेश तथा बिदेश काम र आम्दानी राम्रो नहुने बताए । ‘मैले केहि देशको काम गरेर फर्किए, सीप बिना आम्दानी राम्रो हुँदैन,’ खनालले भने, ‘यो सीप मार्फत स्वदेशमै रोजगारी गर्ने सोंच बनाएको छु ।’

रेसुङ्गा नगरपालिका र घरेलु तथा साना उद्योग विकास कार्यालयको संयुक्त आयोजनामा नगरभित्रको २३ जना युवाहरुलाई एक महिने पलम्बिङ्ग तालिम प्रदान गरेको छ । युवा सीप विकास कार्यक्रम अन्तरग तगत जेठ १ गतेबाट युवाहरुलाई तालिम संचालन गरिएको थियो । तालिमको समापन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले काम सानो–ठूलो नहुने भएकाले तालिमलाई रोजगारीसंग जोड्न आग्रह गरे । ‘पलम्बिङ्गकै लागि थुप्रै युवा बिदेश गएका छन्, गाउँ–घरमा दक्ष कामदारको छैनन,’ उनले भने, ‘लाखौ खर्च गरेर तालिम दिएपछि पनि मेकानिक खोज्न बुटवल पुग्ने स्थिति आए त्यो दुर्भाग्य हुनेछ ।’

त्यस्तै नगरपालिकाका सामाजिक बिकास समिति संयोजक एवं वडा नं ३ का वडाध्यक्ष थम्मन केसीले तालीम लिने धेरै भएपनि ब्याबहारमा लागू गर्ने कम भएको बताए । उनले यो प्रमाणपत्रलाई बिदेश जाने भ¥याङ्ग मात्रै बनाउने प्रवृति बढेकाले सीप र क्षमता गाउँमै लगाउन आग्रह गरे । एक महिने पलम्बिङ्ग तालिममा प्रशिक्षक चेत नारायण भण्डारी र रुद्र पान्डेयले प्रशिक्षण दिएको रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा अधिकृत लोकनाथ मरासिनीले जानकारी दिए । उनले तालिममा देखिएको युवा आकर्षण काममा परिणत भए रोजगारी गाउँमै सृजना हुने बताए ।

अहिले स्थानीय तहहरुले युवा, महिला तथा अन्य लक्षित समुहहरुलाई केन्द्रमा राखेर विभिन्न तालिमहरु संचालन गरिरहेका छन् । केहि समय अगाडी रेसुङ्गा नगरपालिकाकै आयोजनामा युवा सीप र नेतृत्व विकास अन्तरगत नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम सम्पन्न् भएको रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा अधिकृत पिताम्बर पन्थीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ