मनोज कार्की
गुल्मी, जेठ २९ । मालिका गाउँपालिकामा प्रथम मदाने संरक्षण तथा साँस्कृतिक महोत्सव यहि जेठ ३१ गते हुने भएको छ । नेपाल पंक्षी संरक्षण संघ मालिका गाउँपालिका गुल्मीको आर्थिक सहयोग र बिनोद स्मृती युवा क्लवको आयोजनमा महोत्सव हुन लागेको बिनोद स्मृती युवा क्लव ह्वाङदीले जानाकारी दिएको छ ।

वन पंक्षी तथा जैबिक बिबिधता संरक्षका लागि हातेमालो गर्दै रमाऔ भन्ने नाराका साथ एकदिने महोत्सव गर्न लागिएको बिनोद स्मृती युवा क्लवका अध्यक्ष दिल बहादुर घर्ति मगरले बताए ।
महोत्सवमा पंक्षी र जैविक विविधता सम्बन्धी जानाकारी, परम्परागत संस्कृतिक झल्कने सोरठी नाच, भजन कृतन, स्थानिय उत्पादनको प्रर्दशनी, नौमती बाजा, संरक्षण सम्बन्धि नाटक तथा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने क्लवका अध्यक्ष घर्तिमगरले जानकारी दिए ।
यो प्रथम मदाने संरक्षण तथा साँस्कृतिक महोत्सवमा कला, साँस्कृतिक भेषभुषा संरक्षण तथा स्थानिय कलाकारलाई प्रोत्साहन गर्दै यो महोत्सव गर्न लागिएको बताईएको छ । अगामी बर्ष यसलाई अझ आकर्षक बनाउने तयारीमा अहिले देखी नै लागेको गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए ।
मदाने संरक्षित बनबाट अर्खाबाङ मर्भुङ, घमिर, छापहिले, नेटा दर्लिङ, ह्वाङदी लगायतका प्रभाबित वडाका जनतालाई आयआर्जनमा सहयोग गर्न तथा गाउँपालिका भित्ररहेका पंक्षीहरुको बारेमा रेर्कड राख्नको लागि पनि महोत्सव गर्न लागिएको गाउँपालिकाका प्रबक्ता शोभाखर गिरिले बताए ।
यहि जेठ ३१ गते हुन लागेको बृहत महोत्सव मालिका गाउँपालिका वडा नं ४ अर्खाबाङ ठुलिचौरमा हुनेछ ।







