चन्द्रकोट गाउँपालीकाले १३६ जनालाई दियो रोजगारी, प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

गुल्मीन्युज
गुल्मी, जेठ २८ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चन्द्रकोट गाउँपालीका गुल्मीले १३६ जना बेरोजगार युवायुवतीहरुलाई ३० दिनको लागी रोजगार प्रदान गरेको छ ।

सडक, खानेपानी, बिद्यालय, स्वास्थ्य, बगैँचा निर्माण लगायतका क्षेत्रमा काम गर्ने गरी एक महिनाको लागी रोजगार प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालीका अध्यक्ष द्रोण खत्रीको अध्यक्षतामा सोमबारबाट सुरु गरिएको कार्यक्रममा गाउँपालीका उपाध्यक्ष राधिका अर्याल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी, सम्पुर्ण वडाका वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन रोजगार संयोजक यज्ञमुर्ति न्यौपानेले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ